काठमाडौँ ,३० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो कमजोर, लाचार र निरिह सरकार अर्को हुनै नसक्ने बताउनुभएको छ ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले आफ्नै मन्त्रीको घुस प्रकरणको अडियो सार्वजनिक हुँदा समेत प्रधानमन्त्रीले केहि गर्न नसेकेको भन्दै अहिलेको जस्तो कमजोर, लाचार र निरिह सरकार अर्को हुनै नसक्ने बताउनुभएको हो ।


अहिलेको सरकार कुशासनका लागि गठन भएकाले प्रधानमन्त्रीले मन्त्रीहरुको रक्षा गरेको उहाको भनाइ छ । प्रचण्डले मन्त्रीको घुस प्रकरणले देशकै बेइज्जत भएको जिकिर गर्नुभयो । त्यस्तै प्रचण्डले वर्तमान सरकारले १ बर्षमा शान्तिप्रक्रियाका कामलाई अघि बढाउने बाहेक अरु कुनै सम्झन लायक काम नगरेको प्रतिक्रिया दिनुभयो ।
संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिषयलाई सहज रुपमा टुङ्गाउनुपर्ने आफुहरु प्रष्ट रहेको उहाको भनाइ छ ।