राजकुमार गुप्ताको अडियो प्रकरणमा छिटै एउटा निष्कर्ष आउछ : महेश बर्तौला

२०८२ असार ३०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,३० असार । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणमा छिटै एउटा निष्कर्ष आउने बताउनुभएको छ ।

सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले उक्त प्रकरणमा प्रधानमन्त्रीले चासो राख्दै अध्ययन गरिरहेको भन्दै छिटै एउटा निष्कर्ष आउने बताउनुभएको हो । मन्त्रीमाथि उठेका प्रश्नहरुको जवाफदेहिता सम्बन्धीत व्यक्तिले बेहोर्नुपर्ने उहाले बताउनुभयो । बर्तौलाले अडियो प्रकरणमा दोषि देखिए सरकारका तर्फबाट कसैलाई जोगाउने काम नहुने स्पष्ट पार्नुभयो ।

त्यस्तै उहाले सत्तासाझेदार दलबीच सरकारका मन्त्रीहरुले एक बर्षमा गरेको कामकारवाहीका बारेमा समिक्षा हुने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय