काठमाडौ, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको अहिलेको राजनीति विपी कोइरालाले अपनाएको राजनीतिको जगमा उभिएको बताउनुभयो छ ।
आज ४३ औँ बीपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले बीपी कोइरालाको सङ्घर्ष र मूल्य मान्यताले देश र काँग्रेसलाई आजको स्थितिमा ल्याएको बताउनुभयो छ । पूर्वप्रधानमन्त्री देउवाले देशमा मुद्दा लगाइएको अवस्थामा भारत निर्वासनमा बसेर सङ्घर्ष गरिरहेका बीपी राष्ट्रियता कमजोर भयो भनेर स्वदेश फर्कनु चानचुने कुरा नभएको उल्लेख गर्नुभयो ।


देउवाले आफूहरू राजनीतिका कठिन दिन भोगेर र सङ्घर्ष गरेर अहिलेको अवस्थामा आएको उल्लेख गर्दै अहिलेको उपलब्धि जोगाउन कांग्रेस बलियो बन्नुपर्ने धारणा रख्नुभयो । बलियो कांग्रेस र राष्ट्रिय शक्तिहरूबिचको मेलमिलापले राष्ट्र समृद्ध हुने उहाको भनाई थियो ।
राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता मुलुकको लागि, सामाजिक सद्भावका धेरै ठुलो कुरा भएको बीपीको भनाई उद्धृत गर्दै देउवाले यसबाट हामी सबैले शिक्षा लिनुपर्ने बताउनुभयो । कोइराला राजनीतिज्ञ मात्रै नभई साहित्यको क्षेत्रमा समेत चम्किलो तारा भएको देउवाले बताउनुभयो ।