बुद्धका शिक्षालाई व्यवहारिकको रुपमा प्रयोग गर्न जरुरी छ : मुख्यमन्त्री आचार्य

२०८२ श्रावण ११, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ११ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई कुटनीतिक सम्बन्ध व्यवहारिकको रुपमा प्रयोग गर्न जरुरी रहेको बताउनुभएको छ ।

आइतबार लुम्बिनीमा कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग बिषयक अन्तराष्ट्रिय गोष्ठिको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बिभिन्न देशहरुमा भइरहेको मतभेदलाई समाधान गर्न बुद्धका शिक्षालाई कुटनीतिक सम्बन्ध व्यवहारिकको रुपमा प्रयोग गर्नु आजको आवश्यकता बनेको बताउनुभयो ।

नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक सञ्जाले गासिएको उल्लेख गर्दै उहाले दुई देश बौद्ध शिक्षाका साझा संरक्षण राष्ट्र भएको जिकिर गर्नुभयो । मुख्यमन्त्री आचार्यले बौद्ध अध्ययनको शैक्षिक विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको पहल निकै सकारात्मक रहेको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले आगामी दिनमा नेपाल–भारत बौद्ध सांस्कृतिक आदानप्रदान केन्द्र स्थापना, एकीकृत पर्यटन प्रवद्र्धन कार्यक्रम, बौद्ध अनुसन्धान केन्द्र लगाएतका कार्यक्रम अघि बढाउन सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभयो ।

अन्तराष्ट्रिय गोष्ठिमा नेपाल र भारतका साथै बिभिन्न देशका व्यक्तिहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय