सामाजिक रुपान्तरणको पक्षमा कांग्रेस उभिदै आएको छ : सभापति देउवा

२०८२ श्रावण ११, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवप्रवद्र्धनमार्फत सामाजिक रुपान्तरणको पक्षमा कांग्रेस उभिदै आएको बताउनुभएको छ ।

नेपाली कांग्रेस विज्ञान तथा सूचना प्रविधि विभागले आइतबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आर्टिफिसियल इन्टेलिजेन्स लगाएत नयाँ प्रविधिबाटै मुलुकको बिकासमा योगदान पुग्न सक्ने समेत बताउनुभयो । उहाले कांग्रेसले सूचना प्रविधिका माध्यमबाट आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्नका साथै बिशेषगरि जनतालाई केन्द्रमा राखेर उपलव्धी केन्द्रीत प्रविधि मैत्री नीति अपनाउने पक्षमा रहेको धारणा राख्नुभयो । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाउन सके नेपाल धेरै अघि बढ्ने उहाले विश्वास व्यक्त गर्नुभयो ।

उहाले घरघरमै इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ, डिजिटल शिक्षा,स्वास्थ्यसेवा र प्रविधिमैत्री योजनाहरुले जनताको जीवनशैली सरल र समावेशी बनाउँदै ल्याएको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय