नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला २० गते स्याङ्जा आउने

२०८२ श्रावण १५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संगम भण्डारी
स्याङ्जा १५ साउन ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य डा.  शेखर कोइराला साउन २० गते स्याङ्जा आउनुहुने भएको छ ।

संविधानसभा सदस्य तथा नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति स्व. कमल प्रसाद पंगेनीको सातौं स्मृति सभा तथा स्व. कमल प्रसाद पंगेनी स्मृति प्रतिष्ठानकाे प्रथम अधिवेशनमा सहभागि हुन डा. कोइराला स्याङ्जा आउन लाग्नु भएको नेपाली कांग्रेस स्याङ्जाका सचिब दामोदर लम्सालले जानकारी दिनुभयो । नेपाली कांग्रेस स्याङ्जा जिल्ला कार्यसमितिकाे याेजना र नेपाली कांग्रेस भिरकाेट नगर कार्यसमितिकाे व्यवस्थापनमा सिटिहल भिरकाेटमा कार्यक्रम हुन लागेकाे उहाँले जानकारी दिनुभयाे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय कार्यसमितिका सदस्य, पदाधिकारी, पालिका र वडा समितिका पदाधिकारीसहित जनप्रतिनिधि, शुभेच्छुक, शुभचिन्तक, पत्रकार, कृयाशील सदस्य तथा सम्बन्धित सबैलाई सहभागिताका लागि निमन्त्रणा गरिएको नेपाली कांग्रेस स्याङ्जाका सचिब लम्साले जानकारी बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय