नागरिक उन्मुक्ति पार्टीको नयाँ अध्यक्षमा रेशम चौधरीका बाउ

२०८२ श्रावण १५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,१५  साउन । नागरिक उन्मुक्ति पार्टी(नाउपा) को असन्तुष्ट पक्षले लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको छ ।

बिहीबार काठमाडौंमा बसेको नाउपा असन्तुष्ट पक्षको राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई हटाउदै चौधरीलाई अध्यक्ष चयन गरेको हो । लालवीर चौधरी नाउपाका संरक्षक रेशम लाल चौधरीका बुबा हुनुहन्छ ।

राष्ट्रिय भेलाले अध्यक्ष चयन गरेपछि चौधरीले पार्टीलाई विधिबिधान अनुसार अघि बढाउने बताउनुभयो । उहाले पार्टीभित्र निकास निकाल्नका लागि आफु गम्भीर रहेकाले भन्दै आफ्ना कुराहरु पार्टीमा राख्न रञ्जिता श्रेष्ठलाई सुझाव दिनुभयो ।

रञ्जिता श्रेष्ठले डेड बर्षदेखि पार्टीको बैठक समेत नराखेको र त्यसका कारण पार्टीका गतिविधि अवरुद्ध भएकाले राष्ट्रिय भेलामार्फत निकास निकाल्ने प्रयास गरेको चौधरीले बताउनुभयो ।

पार्टी कमिटीको सुझाव सल्लाहको आधारमा आफु अघि बढ्ने उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय