काठमाडौं,१९ साउन । नेकपा एमालेकी सचेतक सुनिता बरालले बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको बारे कानूनमन्त्री अजयकुमार चौरासियासँग प्रश्न गर्नुभएकाे छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले मन्त्री चौरासियाको ध्यानाकर्षण गराउनुभएकाे हाे।
अहिले सरकारले बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको भन्दै चर्चा भइरहेको छ । सोहि विषयमा बरालले कानूनमन्त्री चौरासियासँग जवाफ माग्नुभएकाे छ ।


उहाँले बहुविवाह नेपाली समाजमा असामाजिक र गैरकानूनी विषय भएको उहाँले बताउनुभयाे ।