कुलिङ पिरियडमा भएको छेडखानीमा राज्य व्यवस्था समितिका सभापतिको कार्यशैली रहस्यमय देखियाे : सांसद सापकोटा

२०८२ श्रावण २०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाै , २० साउन । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कुलिङ पिरियडमा भएको छेडखानीमा राज्य व्यवस्था समितिका सभापतिको कार्यशैली रहस्यमय देखिएको बताउनुभएको छ ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सापकोटाले कुलिङ पिरियडका बिषयमा छानविन गर्ने क्रममा सरोकारवालासंग छलफल गर्दा समिति सभापति रामहरि खतिवडाको कार्यशैली रहस्यमय देखिएको बताउनुभएको हो ।

सभापतिले आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको छानविन समितिको ठहर रहेकाले नैतिकता भए राजीनामा दिनुपर्ने उहाले बताउनुभयो ।

सांसद सापकोटाले कुलिङ पिरियडमा भएको छेडखानी नियतजन्य रुपमा गरिएको कमजोरी भएको धारणा राख्नुभयो ।

उहाले कानूनतः प्रथम दृष्टिमै हस्ताक्षरकर्ताहरु सभापति र सचिव दुवै जनाले यसको जिम्मेवारी लिनुपर्ने र नैतिक रुपमा गल्ति स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय