स्थानिय तह उत्पादन सङ्ग जोडिनुपर्छ : सांसद थापा

२०८२ श्रावण २१, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

स्याङ्जा,२१ साउन ।  स्थानिय तह उत्पादन सङ्ग जोडिनुपर्छ, स्थानिय तहबाट नै स्थानिय समस्या र समाधानको विषयमा सहज हुने बताउँदै विकासको मार्ग खुल्न सहज हुने नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति तथा संघीय सांसद राजु थापाले बताउनुभएकाे छ।

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति तथा पूर्व सांसद कमल पंगेनीको पंगेनी प्रतिष्ठानको प्रथम अधिवेशन तथा सातौं स्मृति दिवसमा भिरकोट नगरपालिकाको सिटी हलमा बोल्दै स्थानिय तह उत्पादन सङ्ग जोडिन आवश्यक रहेको बताउनुभएको हो।

उहाले युवालाई विश्वास गर्ने भावी योजना र रणनीति ले पार्टी सफल रहने र यसको लागि पार्टीका जनप्रतिनिधि तथा नेताहरुको शैली, दैनिकी र क्रियाकलापमा भर पर्ने बताउनुभयो। स्थानिय तह सङ्ग धेरै विषय जोडिएको हुन्छ र समस्याको बारेमा जानकारी हुने उल्लेख गर्दै स्थानिय तहबाट नै पार्टी मजबुद बनाउन समस्या समाधान गर्न, विकास गर्न र युवा सङ्ग जोडिन सहज हुने बताउनुभयो।

उहाले भिरकोट नगरपालिका को स्वरेक मैदान अन्तराष्ट्रिय प्याराग्लाइडिङको रुपमा रहेको छ। त्यसैगरी अर्जुनचौपारी गाउँपालिकाको नब ग्रह मन्दिर धार्मिक पर्यटनको रुपमा अघि बढिरहेको बताउनुभयो। उहाले अर्जुनचौपारी गाउँपालिकाले क्रिकेट खेलाडी सन्दीप लामिछानेको सम्मानमा क्रिकेट मैदान निर्माणमा जुटिरहेको उल्लेख गर्दै यी यस्ता विषयलाई महत्व दिँदै गएमा पालिकाबाट नै जिल्लालाई पर्यटकिय हबको रुपमा विकास गर्न सकिने उल्लेख गर्नुभयो। उहाले विकास निरन्तर अघि बढ्ने प्रक्रिया भएको जिकिर गर्दै सिद्धार्थ राजमार्ग हाम्रो भबिस्य जोडिएको राजमार्ग भएको बताउनुभयो। सिद्धार्थ राजमार्ग कुनै एक पार्टी र व्यक्ति को एजेण्डा नभएर सबै पार्टीको एजेण्डा बन्नुपर्छ भन्दै सिद्धार्थ राजमार्गका कारण स्याङ्जा जिल्ला बसाइसराई मा प्रभावित भएको उल्लेख गर्नुभयो।

उहाले नया पार्टी प्रति आकर्षक को विषय को प्रसङ्ग उठाउँदै नेपाली कांग्रेसमा जति स्वतन्त्रता अन्य पार्टी मा नभएको जिकिर गर्दै कांग्रेस मा बस्न नसकेका व्यक्ति हरु अन्य पार्टी मा झन बस्न नसक्ने बताउनुभयो। समाज भन्दा पनि व्यक्तिगत स्वार्थ मा लाग्ने जनताको मर्म को बेवास्ता गर्ने स्वार्थी समूहको झुण्ड बाट देश विकास हुन नसक्ने उल्लेख गर्दै पार्टी सभापति नै भ्रष्टाचार मुद्दामा रहेको पार्टीमा लागेर देशलाई फाइदा नहुने बताउनुभयो। उहाले जनताको अपेक्षा अनुसार कार्य गर्न नसकेको उल्लेख गर्दै धेरै गर्न बाकी रहेको र धेरै परिवर्तन भएको पनि जिकिर गर्नुभयो।

संघीय सांसद थापाले संविधान संसोधन आवश्यक रहेको उल्लेख गर्दै संसोधन गर्न नसकेको खण्डमा गठबंधन अनुसार अघि बढ्न आवश्यक रहने जानकारी गराउँदै पार्टी पार्टी बीच समस्या भएको उल्लेख गर्दै गठबंधन छ महिना टिक्न सक्दैन भने कसरी देश विकास भएर अघि बढ्न सक्छ भन्दै पार्टीका प्रतिनिधि हरु माथि प्रश्न खडा गर्नुभएको थियो। नेतामा संयमता हुन आवश्यक रहेको उल्लेख गर्दै कांग्रेस ले जिम्मेवारी पूर्वक अघि बढ्न आवश्यक रहेको र जिम्मेवारी अनुसार अघि बढेको जिकिर गर्दै कांग्रेसको विकल्प मा अन्य पार्टी नभएको उल्लेख गर्दै पार्टी भित्रको आन्तरिक समस्या रचनात्मक रुपमा अघि बढ्न आवश्यक रहेको उल्लेख गर्दै यसको लागि आन्तरिक बहस गर्दै अघि बढ्नु पर्ने विषय मा जोड दिनुभयो।

उहाले पार्टी लें आवश्यक ठाउँमा कार्य गरिरहेको उल्लेख गर्दै असन्तुष्टि लिएर नभै असन्तुष्टि समाधानको लागि बहस गर्दै अघि बढ्न आफू तयार रहेको उल्लेख गर्नुभयो।

उहाले पंगेनीलाई प्रतिभाशाली समय लाई चिन्न सक्ने नेताको रुपमा स्मरण गर्दै उहाँलाई धेरैले गाली पनि गरे तर उहाँ प्रतिको माया फरक किसिमको रहेको उल्लेख गर्दै पार्टी संगठन बलियो बनाउनको लागि उहाको ठूलो योगदान रहेको जिकिर गर्नुभयो। उहाँलाई आज हामीले उहाले गरेको कार्य को मूल्यांकनको आधारमा श्रद्धा स्वरूप पंगेनी प्रतिष्ठानको पहिलो अधिवेशन सम्पन्न गरेको विषय उजागर गर्दै उहाँले उठाएको एजेण्डा लाई निरन्तरता दिँदै अघि बढ्न सक्यो भने र यहीँ प्रतिष्ठान बाट सिक्दै अघि बढ्न पार्टी लाई पनि सहज र आम नागरिक सामु पुग्नुपर्छ भन्दै उहाँप्रति श्रद्धान्जली व्यक्त गर्नुभयो।

त्यसै गरी नेपाली कांग्रेसका गण्डकी प्रदेश का उपसभापति तथा पूर्व गण्डकी प्रदेश का मन्त्री मेखलाल श्रेष्ठले पंगेनी को स्मरण गर्दै उहाले उठाएका जल जमीन जंगल र जवानी चार ज को सदुपयोग गर्दै अघि बढेमा स्वर्गिय कमल पंगेनी माथि सच्चा श्रद्धान्जली हुने व्यक्त गर्नुभएको थियो। उहाले पार्टी भित्र को आन्तरीक विवाद मा कसैको पछि लागेर नभै पार्टी लें विविध समय मा भोग्दै आएका समस्या पार्टीको इतिहास को अध्ययन गरेर त्यहाबाट सिक्दै र समाधान तवरमा अघि बढ्दै व्यक्तिको योगदान लाई मूल्यांकन गर्दै पार्टी अघि बढ्न आवश्यक रहेको बताउनुभयो। उहाले व्यक्तिको योग्यता क्षमता दक्षता को सही पहिचान गरेर अघि बढेमा पार्टी सुदृढीकरण हुने बताउँदै विगत मा भए गरेका गल्तीबाट पाठ सिक्न र विबेकपूर्वक तरिकाबाट अघि बढ्न आवश्यक रहेको उल्लेख गर्दै आशा र भरोसा को केन्द्र बनाएर अघि बढ्न जोड दिनुपर्ने विषयलाई उल्लेख गर्दै पार्टी मा पंगेनी को प्रेरणा मिलिरहोस् भन्दै उहाँ प्रति भाबपूर्ण श्रद्धान्जली व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय