नैतिकता गुमाएकाले सभापति खतिवडाले राजीनामा दिनुपर्छ : रास्वपा

२०८२ श्रावण २१, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , २१ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकता गुमाएकाले राजीनामा दिनुपर्ने बताउनुभएकाे छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा रास्वपा प्रवक्ता मनिष झाले कुलिङ अफ पिरियडको व्यवस्था माथि भएको चलखेलमा संसदीय समितिको प्रतिवेदन अनुसार समिति सभापति खतिवडाले नैतिकता गुमाएकाले राजीनामा दिनुपर्ने बताउनुभएकाे हाे ।

पार्टीको सचिवालय बैठकले पनि नैतिकता गुमाएकोले खतिवडा पदमा बसिराख्न नहुने भन्दै राजीनामा दिनुपर्ने निर्णय गरेको उहाँले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय