काठमाडौँ,२१ साउन । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गृहमन्त्री हुँदा भिजिट भिसामा सबैभन्दा बढी नेपाली विदेश गएको तथ्याङ्क प्रस्तुत गर्नुभयाे। प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै शर्माले भिजिट भिसामा सबैभन्दा बढी नेपाली विदेश गएको तथ्याङ्क प्रस्तुत गर्नुभएकाे हाे।
पछिल्लो समय गृहमन्त्री भएका ५ जनाको एक सय ५० दिनमा भिजिट भिसामा विदेश जानेको तथ्याङ्क प्रस्तुत गर्दै महामन्त्री शर्माले त्यसमा सबैभन्दा बढी लामिछानेको पालामा बिदेसिएको बताउनुभयाे ।


शर्माले त्यही तथ्याङ्कका आधारमा रास्वपालाई प्रश्न सोध्दै भने, ‘तपाईँहरूले आफ्नै सभापति गृहमन्त्री भएको बेलामा हामीले भिजिट भिसामा मानिसलाई बेच्यौ त भन्न खोज्नु भएको होइन । यो मैले भनेको होइन, तथ्याङ्कले त्यही देखाउँछ ।’