नदीजन्य पदार्थ उत्खननमा संग्लग्न स्याङ्जामा तीन सवारी साधन नियन्त्रणमा

२०८२ श्रावण २८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, २८ साउन । नदीजन्य पदार्थ उत्खननमा संग्लग्न दुई ट्रिपर र एक स्काभेटर गरी तीन वटा सवारी साधनहरु प्रहरीले  नियन्त्रणमा लिएकाे छ।

गल्याङ्ग नगरपालिका वडा नम्बर ४ ठूलो खोला र मोहन डाडा स्थित नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन तथा ओसार पोसार गरिरहेको  लु १ क ५१८५ र लु १ क ५१८६ नम्बरको ट्रिपर र प्र ३०१००३ क ७१२९ नम्बरको स्काभेटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी  प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।

त्यसै गरी सवारी साधन नियन्त्रणमा लिई बुधबार वडा प्रहरी कार्यालय वालिङ्ग स्याङ्जा मार्फत आवश्यक कारवाहीको लागि गल्याङ्ग नगरपालिका को कार्यालय गल्याङ्ग पठाइएको सूचना अधिकारी चौधरीले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय