बायोमेट्रिक गर्दै जनप्रतिनिधि घरघरमा

२०८२ श्रावण २९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, २९ साउन । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १४ का जनप्रतिनिधि र कर्मचारी बायोमेट्रिक मेशिन सहित स्थानीयको घरघरमा पुग्न थाल्नुभएकाे छ । सामाजिक सुरक्षा भत्ता बुझदै आएका वडाका लाभग्राही परिचयपत्र नविकरण गर्न जनप्रतिनिधि नेतृत्वको टोली घरघरमा पुग्न थाल्नुभएकाे हाे ।

सुरक्षा भत्ता बुझ्ने लाभग्राहीको घरघरमा पुगेर टोलीले बायोमेट्रिकबाट अद्यावधिक गर्दै परिचयपत्र नविकरण गरेको छ । साउनको ५ गतेबाट नविकरण गर्न वडाका झण्डै एक हजार ४० लाभग्रहीको घरमा पुग्न हिडेको टोली करिब २५ दिन हालसम्म ५६२ घरमा पुगेको छ ।

वालिङ नगरपालिका १४ मा झण्डै १४ सय घरपरिवार छन्, त्यसमध्ये करिब एक हजार ४० ले सुरक्षा भत्ता बुझ्ने गरेको वडाध्यक्ष राजु कुँवरले बताउनुभयाे । कर्मचारीसँगै बायोमेट्रिक मेशिन लिएर लाभग्राहीको घरमा परिचयपत्र नविकरण गर्दै हिडेको बताउँदै कुँवरले वर्षातको समयमा भत्ता लिनेहरु वडामा आउजाउमा समस्या हुने भएपछि घरघरमा पुगेको बताउनुभयाे ।

सुरक्षा भत्ता नविकरण गर्न सहज, प्रभावकारी र सबैको पहुँच पु¥याउन घरघरमा हिडेको अध्यक्ष कुँवरेले बताउनुभयाे । जेष्ठ नागरिक, एकल महिला, दलित जेष्ठ नागरिक, अपाङ्ग, बालबालिका र लक्षित वर्गलाई वडा कार्यालय धाउन नपरोस भन्दै सहजताका लागि टोली घरघरमा गएको हो ।

राष्ट्रिय परिचयपत्र नहुने लाभग्राहीको भत्ता नविकरण नहुने जनाउँदै परिचयपत्र बनाउन वडाले सबैमा आग्रह गरेको छ । टोली पेखु देउराली, बैरे, कोखे, दाङ्से, सिम्ले, कपासे, फैदीखोला, हुग्दी, फूलबारी, थानकरादी र हुक्लाङ् गाउँका घरघरमा गएर परिचयपत्र नविकरण गर्दै हिडेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय