पूजा खड्का
स्याङ्जा, ८ भदौ । कार्यसम्पादन मूल्यांकन लिजाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय द्वारा गरिएको अन्तिम गुणस्तर परीक्षणमा ८८.२५ अंक सहित स्याङ्जाको भिरकोट नगरपालिका गण्डकी प्रदेशको नगरपालिका हरुमा उत्कृष्ट बन्न सफल भएको छ।


आ. व. २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्व मूल्यांकन लिजाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय द्वारा गरिएको अन्तिम गुणस्तर परीक्षणमा गण्डकी प्रदेशका नगरपालिकाहरु मध्य प्रथम स्थानमा पर्न सफल रहेको छ भने गण्डकी प्रदेशका पालिकाहरु मध्य भने दोस्रो स्थान हासिल गर्न सफल भएको हाे ।
भिरकोट नगरपालिकाले स्थानिय तथा संस्थागत क्षमता स्व मूल्यांकन लिजा मा ८८.२५ प्रतिशत अंक ल्याउन सफल हुँदै गण्डकी प्रदेश अन्तरगतका पालिकामा दोस्रो स्थानमा रहेको छ। जसमा पहिलो स्थानमा अर्जुन चौपारी गाउँपालिका ले स्व मूल्यांकन पछिको नतिजा अनुसार ८८.७५ प्रतिशत अंक ल्याउँदै गण्डकी प्रदेशमा उत्कृष्ट बन्न सफल भएको छ।
कार्यसम्पादन मूल्यांकन शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वयका क्षेत्रमा गरिएको मूल्याङ्कनका आधारमा गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मूल्यांकन पछि प्रकाशित गरेको नतिजा अनुसार स्याङ्जाको भीरकोट नगरपालिका गण्डकी प्रदेशमै नगरपालिकामा उत्कृष्ट बन्न सफल भएको हो ।