कालीगण्डकी गाउँपालिकामा पहिलो पटक एतिहासिक उत्प्रेरणामुलक कार्यक्रम

२०७९ पुष ३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

यम सोमै
स्याङ्जा, ३ पौष । कालीगण्डकी गाउँपालिका वडा नम्बर २ लसर्घामा अवस्थित श्री आदर्श माध्यमिक बिद्यालयले तीन दिने किशोर किशोरीहरुका लागि लागु औषध विरुद्धको अभिमुखिकरण कार्यक्रम तथा शिक्षक तथा अविभावकहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरेको छ।

कालीगण्डकी गाउँपालिका वडा नम्बर २ को वार्षिक कार्यक्रम अन्तर्गत पुस १ गते देखि ३ गते सम्म उक्त कार्यक्रमको आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक भिम थापा मगरले जानकारी दिनुभयो । पछिल्लो समयमा विद्यार्थीहरुमा लागू पदार्थको दुर्व्यसन , खराब आचरण तथा पढाइ प्रती वितृष्णा बढ्दै गएको परिप्रेक्ष्यमा यो कार्यक्रमको आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक थापाले जानकारी दिनु भयो । शिक्षा लिने विद्यार्थी , शिक्षा दिने शिक्षक शिक्षिका तथा अभिभावकहरु गरि तिनै पक्षहरुलाई उक्त कार्यक्रममा समावेस गरिएको प्रधानाध्यापक थापाले बताउनुभयो ।

अभिमुखिकरण तथा उत्प्रेरणात्मक कार्यक्रम अन्तर्गत पुस १ गते विद्यार्थीहरुका लागि , दुई गते वडा नम्बर २ का स्थानीय बिद्यालयमा कार्यरत शिक्षक(शिक्षिकाहरुका लागि र ३ गते अभिभावकहरुलाई मोटिभेसन स्पीकर बाल कृष्ण शर्माद्वारा मार्मिक , समय सान्दर्भिक , उत्कृष्ट , भावुक तथा उत्कृष्ट प्रस्तुति सहित कार्यक्रमको सहजीकरण गर्नु भएको थियो। कार्यक्रममा देश तथा विदेशमा चर्चित मोटिभेसन स्पिकर बाल कृष्ण शर्माद्वारा पहिलो दिन विद्यार्थी , दोस्रो दिन आदर्श मावी, आदर्श आधारभूत बिद्यालय , आलम देवी बोर्डिङ स्कुल तथा कोटाकोट आधारभूत बिद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुलाई र तेस्रो दिन अभिभावकहरुलाई उत्प्रेरणामुलक प्रस्तुति दिनु भएको थियो। कार्यक्रममा बोल्दै वडा नम्बर २ का सचीव दिलिप बिश्वकर्माले पालिकाकै यो कार्यक्रम पहिलो र निकै समय सान्दर्भिक रहेको बताउनु भयो। सोही समारोहमा शिक्षक सेवा आयोगबाट नियुक्ति भएर आउनु भएका त्रिभुवन युनिभर्सिटीबाट गोल्ड मेडल प्राप्त विकास भुसाललाई समेत सम्मान गरिएको थियो।

सोही कार्यक्रममा वडा नम्बर २ कि वडा अध्यक्ष खगिसरा आलेले उक्त कार्यक्रम अत्यन्तै फलदायी रहेको बताउनुभयो । यस कार्यक्रमले विद्यार्थी , शिक्षक तथा अभिवाकहरुमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको समेत वडा अध्यक्ष आलेले भनाइ छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय