अनेसास एसिया समितिले मनायो भानु जयन्ती

२०७८ श्रावण १, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

साउन १, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एसिया समितिले २०८ औं भानु जयन्तीका अवसरमा एसियाभित्र अवस्थित च्याप्टरहरूका प्रतिनिधि पदाधिकारीहरूलाई सहभागी गराई असार ३० गते भर्चुअल माध्यमद्वारा विशेष काव्य गोष्ठीको आयोजना गरेको छ ।

अनेसास एसिया समितिका संयोजक एवं अनेसास केन्द्रीय समितिका उपाध्यक्ष बाबा बस्नेतको अध्यक्षतामा आयोजित सो कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल, अनेसास केन्द्रीय सल्लाहकार एवं निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष गोवर्धन पूजा तथा उपाध्यक्ष राजेश बुढाथोकीको उपस्थिति रहेको थियो । यसैगरी वरिष्ठ साहित्यकार मुक्ति बराल र गङ्गा पौडेलको उपस्तिथिमा सम्पन्न सो कार्यक्रममा भानुसम्बन्धी विशेष चर्चा परिचर्चा भएको थियो ।

अनेसास एसियाअन्तर्गत नेपाल, भारतका मिजोरम, सिलगढी,सिक्किम,जापान,कोरिया,हङकङ,कुवेत,साउदीअरब,ईजराल,कतारलगायतका च्याप्टरहरूको सो कार्यक्रममा प्रतिनिधित्व भएको थियो । कार्यक्रममा नेपालबाट मन्जिला अनिल र द्वारिका कुईँकेल,भारत सिलीगुढीबाट लतिका जोशी र नीता तामाङ, भारत मिजोरमबाट डा गुनु घर्ती किङ, जापानबाट के बी पारखी र बिन्दा पराजुली, कतारबाट सीताराम थापा, इजरायलबाट लक्ष्मी भट्टराई अनुरागी र राज लिम्बु आदि स्रष्टाहरूको सहभागिता रहेको थियो ।

सो ुसाहित्य सौरभु कार्यक्रम एसिया समितिका सह सचिव,इजरायल च्याप्टरका अध्यक्ष लक्ष्मी भट्टराई अनुरागीले सञ्चालन गर्नुभएको थियो । यस विशेष काव्य गोष्ठीमा नेपालबाट स्रष्टा द्वय साबित्री गिरी र निकेश गिरीले पनि आफ्नो काव्य वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय