दुर्घटनाग्रस्त जहाजमा दोहोरी गायिका निरा छन्त्याल पनि सवार

२०७९ माघ १, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १ माघ ।  पोखरामा आज दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानमा दोहोरी गायिका निरा छन्त्यालसमेत सवार रहेको खुलेको छ । पारिवारिक स्रोतले उनी सोही जहाज चढेर पोखरा गएको पुष्टि गर्‍यो ।

गायिका छन्त्यालको अवस्थाबारे कुनै आधिकारिक जानकारी नआए पनि यात्रुहरूको सूचीमा उनको नाम समावेश रहेको छ ।

उनी माघे सङ्क्रान्तिका अवसरमा पोखरामा आयोजना हुने कार्यक्रमका लागि प्रस्थान गरेकी थिइन् ।

उनले चार घण्टा अगाडि मात्रै आफ्नो फेसबुकबाट माघे सङ्क्रान्ति शुभकामना लेखेकी थिइन् । यसै गरी, हिजो उनले ‘भोलि पोखरा रमाइलो गर्नुपर्छ’ भन्दै स्टाटस लेखेकी थिइन् । गायिका छन्त्याल लाइभ दोहोरीमा चलेकी कलाकार हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय