माओवादी केन्द्रका उपाध्यक्ष महराले घाइतेको उपचार र मृतकका परिवारलाई राहत दिन अनुरोध

२०७९ माघ १, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१ माघ। नेकपा माओवादी केन्द्रले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाले स्तब्ध बनाएको भन्दै ज्यान गुमाएका यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा शोक वक्तव्य जारी गर्दै घाइतेहरूको तत्काल उद्धार गरि उपचारको व्यवस्था गर्न आग्रह गरेको छ ।

साथसाथै, मृतकका परिवार तथा घाइतेहरूलाई उचित राहत उपलब्ध गराउन सरकारसमक्ष अनुरोध गरेको छ । ‘पछिल्लो समय बढिरहेको हवाई तथा सवारी दुर्घटना रोक्नका लागि उचित पहल गर्न सम्बन्धित पक्षले ध्यान दिन जरूरी छ,’वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय