स्याङ्जामा आगोलागी , बाख्रा फुकाउन जादा एक घाईते

२०७९ माघ २९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई

स्याङ्जा ,२९ माघ । कालिगण्डकी गा .पा. वडा नं. १ मा माटोले बनेको खरले छाएको कच्ची गोठमा अचानक बिद्युत सर्ट भई आगोलागी भएको छ । आइतबा्र दिउसो ५ः२० बजे छिस्दी बस्ने तोण बहादुर गोलाङको गोठ पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।

उक्त आगोलागीबाट नजिक १ मिटरको दुरीमा रहेको निजकै २ तले जस्ताले छाएको कच्ची घरको माथिल्लो तलामा आगोलागी भएको र मानविय तथा चौपाया क्षति भएको छैन । आगोलागीबाट १५ मिटरको दुरीमा रहेको यम बहादुर गाहाको ढुङ्गा माटोले बनेको खरले छाएको कच्ची गोठमा आगोलागी भएको छ ।

गोठ भित्र रहेको २ बाख्रा मरेको र १ बाख्रा घाईते भएको छ । घाईते बाख्रा फुकाउन जाने क्रममा गाहा समेत घाईते हुनुभएको खनालले बताउनुभयो ।गाहालाइ उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाईएको छ । उहाँको अवस्था मध्यम रहेको छ । आगो ६ः३० बजे पूर्ण नियन्त्रणमा आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय