ग्यास सिलिन्डर विस्फोटबाट घाइते डा .चन्द्र भण्डारीकी आमाको निधन

२०७९ फाल्गुन ४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,४ फागुन । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा।चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते हुनुभएको थियो । उहाँहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उहाँहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय