पोखरीमा डुबेर एक बालक मृत फेला

२०७९ फाल्गुन ९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा, ९ फागुन । पोखरा महानगरपालिका—५ पस्र्याङस्थित खुँडेपोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।

पर्वत घर भई हाल पोखरा–५ धारापानीमार्गमा बस्दै आएका सुनिता केसीका चार वर्षीय छोरा सुहान केसी सोमबार साँझ ६ बजेदेखि हराइरहेकामा खोजी गर्ने क्रममा खटिएको प्रहरी टोलीले आज अपराह्न पोखरीमा शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको ‘रेस्क्यु’टोलीले बालक पोखरीमा डुबेको आशङ्कामा खोजी गरेको थियो । घरबाट खेल्न निस्केका केसी अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेपछि हिजोदेखि नै खोजी सुरु गरिएको खड्काले बताउनुभयो ।

बालकको शवपरीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको र आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बालक खेल्ने क्रममा पोखरीमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय