भदौ , १९ काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएन) को अक्टोबरमा हुने दशौ महाधिवेशनको लागि युरोप क्षेत्रीय संयोजकमा कृष्ण तिमल्सिना उम्मेद्बारी दिनु हुनेभएको छ ।
नवौं महाधिवेशनमा युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित तिमल्सिनाले यस पटक संयोजकको उम्मेद्बारी दिने तयारी गरेको हेर्ने कुरालाई जानकारी दिनुभयो । मिलनसार र सहयोगी भावको छबि बनाउनुभएका उहाँ सबैसँग मिलेर काम गर्ने एनआरएनका नेताका रुपमा चिनिनुहुन्छ । सन् २००७ देखि एनआरएनमा आवद्ध बेलायत निवासी तिमल्सिनाले एनआरएन केन्द्रीय सदस्य (२०१५–०१७) संघको अल्पकालिन तथा दीर्घकालिन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवर्धन सम्बन्धि समितिको समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
एनआरएनका हालका अध्यक्षदेखि पूर्वअध्यक्ष र संस्थाका सबै अभियन्ताहरुसँग निकट सम्बन्ध रहेका उहाँको यूके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ ।