कल्पना भट्टराई बस्याल
स्याङजा, २३ फागुन । गल्याङ नगरपालिका ३ तल्लाे गल्याङकाे आधिखोलामा पौडि खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गल्याङ नगरपालिका ११ सिखर डाडाका २२ बर्षिया बिष्णु भट्टराई रहेको प्रहरीले जनाएको छ ।
सोमवार होलि खेलेर नुहाउनका लागि खोलामा गएका भट्टराई खोलाको तालमा पौडि खेल्ने क्रममा डुबेकाे स्थानियले बताएका छन । प्रहरी तथा स्थानियको सहयोगमा उद्वार गरि गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरिले जनाएको छ। भट्टराई गल्याङ बहुमुखी क्याम्पसमा बिबिएस प्रथम बर्षमा अध्यनरत थिए।