सङ्घीय संसद्को अधिवेशन बोलाउन सिफारिस

२०७८ भाद्र १९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भदौ, १९ काठमाडौँ । सरकारले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।मन्त्रिपरिषद्को आजको बैठकले भदौ २३ गते अपराह्न ४ः०० बजे सङ्घीय संसद्को बैठक बोलाउन सिफारिस गरेको हो ।

बैठकपछि सरकारका प्रवक्तासमेत रहनुभएका कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संसद् अधिवेशनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको जानकारी दिनुभयो । सरकारले गत साउन ३२ गते संसद् अधिवेशन अन्त्य गरेको थियो । केही महत्वपूर्ण विधेयक अगाडि बढाउने लक्ष्यका साथ सङ्घीय संसद्को बैठक आह्वान गर्न सिफारिस गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार