राष्ट्रपतिद्वारा सङ्घीय संसद्को बैठक आह्वान

२०७८ भाद्र १९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भदौ, १९ काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ ।

मन्त्रिपरिषद्को आजको बैठकको सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदन यही भदौ २३ गते बुधबार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार