आक्वाको पदस्थापन सम्पन्न

२०७९ फाल्गुन २८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,२८ फागुन । गल्याङ नगरपालिका ३ मा रहेको आधिखोला बहुउद्देश्यीय पानी उपभोक्ता सस्था (आक्वा) को शुक्रबार निर्वाचित नयाँ कार्यसमितिलाई आइतबार एक कार्यक्रमका बीच पदस्थापन गरिएको छ ।

सस्थाको कार्यलयमा भएको उक्त कार्यक्रममा गल्याङ नगरपालिका ३ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो । निर्वाचन अधिकृत राजेन्द्र देव खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

रुमलाल कडेल अध्यक्ष निर्वाचित हुनुभएको सस्थाको महिला सदस्यमा हरिकला अर्याल,सदस्यहरुमा नेत्र प्रसाद अधिकारी,राजु भट्टराई निर्वाचित हुनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार