वालिङ बहुमुखी क्याम्पसमा २ होनहार युवाको उम्मेद्बारी,को बलियो

२०७९ फाल्गुन २९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युबराज सुवेदी
स्याङ्जा, २९ फाल्गुन । चैत ५ गते हुन गइरहेको निर्वाचनका लागि वालिङ बहुमुखी क्याम्पसमा ने.बि.संघ र अनेरास्ववियु गरि २ जनाको सभापति मा उम्मेद्बारी परेको छ।

यस अघि २०७३ फाल्गुन १४ गते निर्वाचन सम्पन्न भयो र मतगणना हुने क्रममा १०० मत गणना हुदा दुबै पक्षबिच विवाद सिर्जना भयो र केही समय मतगणना स्थगित भयो। संगठन ले विवाद लाई पार्टीमा जिम्मा लागायो र पार्टी बिच पनि सहमति नभएको कारण वालिङका सबै संघ सस्था को रोहबरमा मतपत्र जलाइएको थियो । ने।बि।संघ सभापति पदका उमेदवार कंडेल ले बताउनु भयो।  उमेदवार बितरण:

१ सन्दीप कंडेल (क्यान्डी)
ने.बि.संघ स्ववियु सभापति पदका उमेदवार

वालिङ बहुमुखी क्याम्पसमा स्नातकोत्तर अध्यानरत कंडेल शैक्षिक गुणस्तर लाई परिवर्तन गर्ने र हरेक विद्यार्थीले पढ्न पाउनुपर्ने साथै छात्रवृत्ति लाई मुख्य एजेन्डा लिएर चुनाव लड्नुभएका कारणले पनि सबै विद्यार्थीमाझ कंडेल लोकप्रिय ब्याक्तीका रुपमा स्थापित हुनुहुन्छ।

 

 

 

२ मिलन बहादुर अर्याल
अनेरास्ववियु स्ववियु अध्यक्ष पदका उमेदवार

अर्याल वालिङ बहुमुखी क्याम्पसमा वि।वि।एस चौथो बर्षमा अध्यानरत हुनुहुन्छ। हरेक विद्यार्थीका समस्यालाई आफ्ना समस्या सम्झेर अनेरास्ववियुले नेतृत्व गर्ने र नगरपालिका समेत एमाले नेतृत्व ले बिजय प्राप्त गरेको हुदा क्याम्पसमा अर्यालले बिजय प्राप्त गर्ने सम्भावना बलियो देखिन्छ।

निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि ३ बजेसम्म वालिङ बहुमुखी क्याम्पसको प्राङ्गणमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार