स्याङ्जाका ५ क्याम्पसमा नेबिसंघ ,२ मा अनेरास्ववियु र १ मा निर्वाचन स्थगित

२०७९ चैत्र ६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई
स्याङ्जा ,६ चैत । चैत ५ गते सम्पन्न भएको स्वतन्त्र विधार्थि युनियन (स्ववियु) काे निर्वाचनमा स्याङ्जाका ८ क्याम्पसमा मध्य  ५ मा नेबिसङ्घ ,२ मा अनेरास्ववियु विजयी र १ मा निर्वाचन स्थगित भएको छ ।

जिल्लाका क्याम्पस मध्य वालिङ बहुमुखि क्याम्पसमा सभापतिमा सन्दिप कडेल सहित नेबिसंघ प्यानल विजय भएकाे छ । त्यस्तै गल्याङ बहुमुखि क्याम्पसमा नेबिसंघका विशाल थापा सभापतिमा विजय हुनुभएकाे छ । चापाकोटकाे श्री राधा दामोदर सस्कृत बिधापिठ् क्याम्पसमा नेबिसंघका अनुप पोख्रेलको सभापतिमा प्यानल निर्विरोध भएकाे छ । गल्याङकाे मालुङ्गा सार्वजनिक बहुमुखि क्याम्पसमा नेबिसंघका सञ्जिवनि न्यौपाने सभापतिमा निर्विरोध हुनुभएकाे छ । त्यस्तै पुतलीबजारमा रहेकाे त्रिभुवन आदर्श बहुमुखि क्याम्पसमा नेबिसंघका सविन रेग्मी सभापतिमा निर्विरोध हुनुभएकाे छ ।

जिल्लाका २ क्याम्पसमा अनेरास्ववियुले विजय प्रप्त गरेकाे छ । जसमा मिर्मि बहुमुखि क्याम्पसकाे सभापतिमा मुना न्यौपाने निर्विरोध हुनुभएकाे छ भने फेदिखोलाकाे सिद्धार्थ बहुमुखि क्याम्पसमा सन्जोग थापाको सभापतिमा प्यानल निर्विरोध भएकाे

चापाकोट बहुमुखि क्याम्पसमा निर्वाचन स्तगित भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार