कांग्रेस संसदीय दलको बैठक मङ्गलबार

२०७८ भाद्र २१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भदौ, २१ काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मङ्गलबार बस्ने भएको छ ।

सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा बुधबारदेखि सुरु हुन लागेको सङ्घीय संसद् बैठकमा पार्टीको तर्फबाट तयारी, अध्यादेश, बजेटलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार