थर्क सेनद्वारा आईसीसी उपाध्यक्षमा उम्मेदवारीको घोषणा

२०७८ भाद्र २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भदौ , २२ काठमाडौ । गैर आवासीय नेपाली संघ एनआरएनएको आसन्न दशौ महाधिवेशनमा रोड सेप्टी कमिटीका संयोजक थर्क सेनले आईसीसी उपाध्यक्षमा उम्मेदवारी दिने हुनुभएको छ ।

पूर्व ब्रिटिस आर्मी सेन नेपालमा बढ्दो दुर्घटना रोक्न सरकारलाका हरेक निकायलाई विदेशी प्रविधि र अनुभवहरु शेयर गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ । सेन एनआरएनए यूकेको संस्थापक कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष, आईसीसी सदस्य हुँदै हाल एनआरएनए रोड सेप्टी कमिटीको संयोजक साथै एनआरएनए एकेडेमीको सदस्य समेत हुनुहुन्छ ।

सेनले रोड सेप्टीका हरेक एजेण्डाहरु दुई बर्ष देखि नेपालका गुहमत्री, यातायात मन्त्री, प्रराष्ट मन्त्री हुँदै प्रहरी प्रम्रख, ट्राफिक हेडक्वाटर लगायतका सरकारी निकायसंग सडक सुरक्षाका लागि विदेशी प्रस्ताव ल्याउँदै नेपालमा दुर्घटना न्यूनीकरणको क्षेत्रमा पहल गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय