स्याङ्जा , १४ वैशाख। गल्याङ नगरपालिका वडा नम्बर २ मा रहेको श्री शिवालय माबी बन्द हुने अवस्था पुगेको भन्दै उक्त क्षेत्र आसपासमा निजि स्कुलका बसमा प्रतिबन्ध लगाएपछि विद्यार्थीले सास्ती बेहोर्नु परेको छ ।
शैक्षिकसत्र सुरु भएपछि नै सिर्जना भएको विवाद कायमै रहदा विद्यार्थीहरुले सास्ती बेहोर्नु परेको छ । निजि बिधालयमा पढाई रहेका अभिभावकले निजि बिधालयमै पढाउन पाउनुपर्ने भन्दै आफ्ना छोराछोरीलाई सार्वजनिक सवारीसाधनमा स्कुल पठाउन थालेका छन् भने निजि बिधालयका कारण सरकारी स्कुल बन्द हुने अवस्थामा पुगेको भन्दै निजि बिधालयका सवारीसाधनमा रोक लगाएका छन् ।
गल्याङ नगरपालिका वडा नम्बर २ को वडा कार्यलयले पनि शिवालय माबी आसपासमा निजि स्कुलका बस संचालन नगर्न अनुरोध गरेको पत्र सार्वजनिक गरेको छ । निजि स्कुलका संचालक र निजि स्कुलमा छोराछोरी पढाउने अभिभावक यसरी बस रोक्नु गैरजिम्मेवारी भएको तर्क गरेका छन् भने अर्का थरिले निजि स्कुलका कारण सरकारी स्कुल बन्द हुने अवस्थामा पुगेको भन्दै निजि स्कुलको बस रोक्ने तर्क जायज भएको बताएका छन् ।
ूदेशमा गणतन्त्र आयो भन्छन् तर यहाँ हाम्रा छोराछोरीलाई पढ्न समेत रोक लगाइएको छ।ू गल्याङमा रहेको चिराग आवासीय उच्च माबीमा गल्याङ नगरपालिका २ को इलुङा देखि आफ्नो छोराछोरी पढ्न पठाउनु भएका तिल प्रसाद थापाको भनाइ छ । उहाँले भन्नुभयो , इलुङाबाट करिब १०,१२ जना विद्यार्थी गल्याङको चिराग आवासीय उच्च माध्यमिक बिधालय पढ्न जाने गरेका छन् । यो निर्णयले विद्यार्थीको मानसिकतामा समेत असार परेको छ । विद्यार्थी रोक्न यस्तो निर्णय गर्न भन्दा स्कुलको शैक्षिक गुणस्तर सुधार गर्न आफ्नै वडालाई उहाँको सुझाव छ । त्यस्तै जैपतेदेखि छोराछोरी पढ्न गल्याङ पठाउदै आउनु भएका अभिभावक ज्ञानु थापाले पनि यस्तो निर्णय प्रति असहमत जनाउनु भएको छ । उहाँले भन्नुभयो ू विद्यार्थी यहीँ सरकारी स्कुलमा पढाउनु पर्छ भन्ने निर्णयमा मेरो मात्रै होइन सबै अभिभावकको असहमति छ ।ू स्कुलको गाडी रोक लगाएपछि आफ्ना छोराछोरी सार्वजनिक सवारीसाधनमा स्कुल पठाएको गुनासो उहाँले सुनाउनुभयो । शिक्षाको गुणस्तर सुधारक तिर ध्यान दिनुस् हामी विद्यार्थी लिएर आफ्नै आउछौ । अभिभावक रानाको सुझाव छ ।
निजि क्षेत्रका सवारीसाधनमा रोक लगाउने कार्य गैरजिम्मेवारी भएको गल्याङ नगरपालिका शिक्षा शाखा प्रमुख केदार आचार्यको भनाइ छ । उहाँले भन्नुभयो हामीले निजि स्कुलका बस रोक्नु हुँदैन भनेका छौँ । सरकारी स्कुलले शिक्षाको गुणस्तर वृद्धि गर्न ध्यान दिनुको साटो निजि स्कुलका बस रोक्ने कार्य गैरजिम्मेवारी भएको ब्यपब्सन स्याङ्जाका अध्यक्ष मेघराज गैरेको भनाइ छ । उहाँका अनुसार समस्य समाधानको लागि स्थानीयतहमै पहल गर्ने र स्थानीय तहबाट समस्य समाधान हुन नसके थप कानुनी प्रक्रियामा अगाडि बढ्ने पनि धारणा राख्नुभयो । उहाँले भन्नुभयो , यो विवाद स्थानीय तहबाटै समाधान हुनुपर्छ भन्ने मान्यतामा छौँ । यदी स्थानीय तहबाट विवाद समाधान भएन भने थप कानुनी प्रक्रिया अगाडि बढ्नुको विकल्प छैन ।