स्याङ्जाको नमुना पालिका, जहाँ निजि बिधालयका विद्यार्थीनै छैनन् परिक्षा दिन

२०८० बैशाख २५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कृति भट्टराई
स्याङ्जा,२५ बैशाख । सरकारी बिधालयको गुणस्तर क्षेत्रमा उल्लेखनीय सुधार गरेको स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पछिल्लो समय निजि बिधालयहरु धराशायी बन्दै गएका छन् । शिक्षाको क्षेत्रमा नमुना बन्दै गएको पालिकाले सरकारी बिधालयको गुणस्तरमा उल्लेखनीय सुधार गरेपछि यस बर्षको कक्षा १२ को परिक्षामा निजि क्षेत्रका बिधालयका विद्यार्थीको सहभागिता नहुने भएको छ ।

देशै भरि बैशाख २६ गते देखि हुने कक्षा १२ को बोर्ड परिक्षामा पालिकाका ७ वटा सरकारी बिधालयबाट २ सय २५ विद्यार्थीको सहभागिता हुने पालिका शिक्षा शाखा प्रमुख भिम श्रेष्ठले हेर्ने कुरा डटकम लाई जानकारी दिनुभयो । जसमध्ये १ सय ४२ छात्रा र १ सय २४ छात्र रहेका छन् ।

पालिकाका भगवती नमुना माध्यमिक बिधालय र बिरेन्द्र माध्यमिक विधालय परिक्षाकेन्द्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय