काँग्रेसमा रुपान्तरणको खाँचो छ : नेता गुरुङ्

२०७८ आश्विन २२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा २२ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्ले काँग्रेसमा रुपान्तरणको खाँचो रहेको बताउनुुभएको छ ।

नेपाली काँग्रेसलाई समय अनुसार परिवर्तन गर्न नसक्दा पार्टी कमजोर बन्दै जान थालेको उहाँले बताउनुुभयो । नेपाली काँग्रेसको १४ औं महाधिवेसनबाट निर्वाचित भीरकोट नगर कार्यसमितिको पदस्थापन तथा शुभकामना आदानप्रदान कार्यक्रममा काँग्रेस नेता गुरुङ्ले पार्टीमा रुपान्तरणको खोजी गनुपर्ने अवस्था आएको बताउनुुभयो । पार्टीमा निरन्तर लाग्ने व्याक्तिको पहिचान हुनु आवश्यक छ उहाँले भन्नुुभयो,पाटीमा योगदान गर्ने नेताको खोजी हराउदा पार्टीले क्षेती व्यहोनुपरेको छ ।¦ पार्टीको संगठकहरुको मुल्याङ्कन हुनु जरुरी रहेको उहाँले बताउनुुभयो ।

पाटीमा निरन्तरता नदिने व्याक्तिहरु हराउदै जान्छन् भन्दै संविधान सभाका सदस्य समेत भएका गुरुङ्ले व्याक्तिहरु बदलिनुपर्ने धारणा व्यक्त गरे । पार्टीलाई बलियो बनाउन आफैबाट बदलिनुपर्ने बताउदै काँग्रेस नेता गुरुङ्ले नेताहरु नबदलिदा पार्टी समस्या आउने गरेको बताउनुुभयो । पार्टी भित्र र बाहिर भष्टञाचार मौलाउदै गएको उदाहरण दिदै नेता गुरुङ्ले ठुला ठुला भष्टञचारका काण्डहरु छानविनको दायरामा ल्याउनु पर्ने धारणा राख्नुुभयो । पार्टीलाई गुटबन्दी भन्दा माथी राखेर अगाडी बढाउनु पर्ने धारणा राख्दै नेता गुरुङ्ले जसले गुटको राजनीति गर्छ त्यस्ता नेताहरुलाई बहिष्कार गर्नुपर्ने बताउनुुभयो । काँग्रेसमा लागेका नेता तथा कार्यकर्ताले निरासाको भन्दा पनि आशााको दियो बालेर अगाडी बढ्नुपर्ने सुझाव गुरुङ्ले दिनुुभयो । १४ औं महाधिवेसनको संघारमा काँग्रेस लागिरहेकाले पार्टीलाई बलियो र मुल्याङ्कन गर्न सक्ने नेतृत्व छनोट गर्न सबै क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह गर्नुुभयो ।

कार्यक्रममा कार्यबहाक सभापति बुद्धिबहादुर राना, पुर्व पाटी सभापति खगेन्द्रराज रेग्मी, महासमिति सदस्य छायाराम खनाल, महाधिवेसन प्रतिनिधि गोविन्द कुमार कर्मचार्य लगायतका बक्ताहरुले पार्टीको महाधिवेसन समयमै गर्न नेतृत्वलाई सुझाव दिनुुभएको थियो । नेपाली काँग्रेस भीरकोट नगर कार्यसमितिमा निर्वाचित सभापति यामप्रसाद अधिकारी (लक्ष्मण) लगायतको टिमलाई सभापति तोयनाथ अर्यालले पार्टीको सबै जिम्मेवारी हस्तान्तरण गनुुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार