स्याङ्जाका सुबेदीको नवलपुरको अरुणखोलामा डुबेर मृत्यु

२०८० जेष्ठ २९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युबराज सुबेदी
स्याङ्जा ,२९ जेठ । स्याङ्जा जिल्ला गल्याङ नगरपालिका ६ पिडिखोला (घलाम)पुरानो घर भइ ,हाल देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर घर भएका ३० वर्षका कृष्ण प्रसाद सुबेदीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।

मध्यविन्दु नगरपालिका वडा नं. १४ बतासा स्थित अरुणखोलाको मुखेढुंगा पानीको रहमा पौडी खेल्ने क्रममा सुवेदीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का प्रहरी निरिक्षक साजन शर्माले जानकारी दिनुभयो ।

मृतक सुवेदी मध्यविन्दु नगरपालिका वडा नं. १० मा रहेको जनता माध्यामिक विद्यालयका शिक्षक हुन् । अत्याधिक गर्मी भएपछि पौडी खेल्ने भन्दै उनि सहित स्कुलका सातजना शिक्षकहरु खोलामा गएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय