युनिभर्सल सेकेन्डरी स्कुल प्रथम

२०८० जेष्ठ ३०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

कल्पना भट्टराई
काठमाडौ, ३० जेठ । नेशनल प्याब्सन काठमाडौ जिल्ला कार्यसमितिको आयोजना तथा काठमाडौ महानगर कमिटीको संयोजनमा आयोजित तेस्रो काठमाडौ जिल्ला ब्यापी हाजिरीजवाफ प्रतियोगिता २०८० मा युनिभर्सल सेकेन्डरी स्कुल प्रथम भएको छ ।

त्यस्तै नवजीवन स्कुल एण्ड कलेजले दोश्रो स्थान हासिल गरेको छ भने दिब्य ज्ञान इङलिस बोर्डिङ स्कुलले तेस्रो स्थान हासिल गरेको छ । आस्था बिद्या मन्दिर स्कुलले चौथो स्थान हासिल गरेको छ । युनिभर्सल सेकेन्डरी स्कुल धुम्बाराही, काठमाडौमा ७८ स्कुलको सहभागितामा जेठ २५ देखि सुरु भएको प्रतियोगिताको सोमबार समापन गरिएको हो । नेशनल प्याब्सन काठमाडौ महानगर कमिटी अध्यक्ष भीष्म पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य नेशनल प्याब्सन काठमाडौ महानगर कमिटीका उपाध्यक्ष बिजय खरेलले गर्नुभएको थियो । कार्यक्रममा नेशनल प्याब्सन नागार्जुन नगर कमिटी अध्यक्ष शिवराम गिरि, नेशनल प्याब्सन काठमाडौ जिल्ला अध्यक्ष खडक बहादुर बस्नेत,नेशनल प्याब्सन वाग्मती प्रदेश उपाध्यक्ष डिएन महत्तो लगायतले राष्ट्र निर्माणमा योगदान पुर्याउने निजि स्कुलहरुप्रति सरकार क्रूर बन्दै धारणा राख्नुभएको थियो । सरकारी र निजि बिधालय पढेकै आधारमा हुने भेदभावले बिद्यार्थीको मनोबल गिराएको हुँदा यस्तो विभेदकारी निति सच्याउनु पर्ने उहाँहरुको धारणा थियो ।

कार्यक्रमका बिशेष अतिथि नेशनल प्याब्सनका केन्द्रीय पुर्व अध्यक्ष कर्ण बहादुर शाहीले पछिल्लो समय काठमाडौ महानगरले निजि बिधालय प्रती चलेको कदममा ध्यानाकर्षण गर्नुभएको थियो । उहाँले भन्नुभयो ‘मेयर बलेन शाहको टिमले चलेका निजि स्कुल प्रतिको कतिपय कदम ठिक छ । तर निजि स्कुल सिध्याउन पर्छ भनेर लगेकाहरुले यसै आधार मानेर महानगरको कदमको गलत फाइदा लिन खोजेको देखिन्छ । यस तर्फ नगर प्रमुख शाहले ध्यान दिनुपर्ने देखिन्छ ।’ राष्ट्र निर्माणमा निजि बिधालयको पनि उत्तिकै योगदान रहेको हुँदा निजि बिधालयहरुको अवस्था बुझेर मात्रै थप कदम चाल्न उहाँले मेयर शाहलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय