स्याङजा १८ असार । स्याङजाको तेस्रो ठुुलो बजारको रुपमा रहेको गल्याङ बजारमा आइतवार ब्रेकर राखीएको छ । बढ्दो दुुर्घटना न्युनिकरणका लागी बजारका बिभिन्न ठाउमा ४० पिस पलास्टीकका ब्रेकर ५ ठाउमा राखीएको छ । बजारमा ब्यापारका लागी गाउवाट बुढा बुढी आउने गर्दछन बाईक तथा अटो स्पीटमा बजारको बिच भएर हिन्दा कुनै मानबिय क्षती नहोस भन्नका लागी ब्रेकर राखेको आयोजनाका अध्यक्ष रफी खानले जानकारी दिनुभयो ।
उक्त बजारमा ब्रेकर राख्नका लागी बजारवासीले गरेको मागलाई सम्बाधन गर्दै गल्याङ नगरपालीकाका वडा न. ३ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईले करीब २ लाख बजेट बीनीयोजन गर्नुु भएको थियो । जनाताको हक हितका लागी आफुु सदैव सेवक रहेको आफ्नो कार्यकाल को समयमा कुुनै पनी भईपरी आउने समस्याको समाधानका लागी पहल गर्ने भट्टराईको भनाई छ । उक्त कार्यक्रममा गल्याङ प्रहरी चौकी , गल्याङ उद्योग बाणीज्य संघका अध्यक्ष डोल प्रसाद श्रेष्ठ , समाजसेवी महेन्द्र श्रेष्ठ , गल्याङ ब्याट्मीन्टन क्लवका अध्यक्ष सुुरेस सुवेदी , लगायत बजार बासीको सहभागति रहेको थियो । उत्त ब्रेकर राखेपछी बजारमा दुुर्घनामा कमी आउने बजार बासीको आसा रहेको छ ।