वैदेशिक रोजगारीबाट फर्किएकालाई सरकारकाे प्रति ब्याक्ती ४३ हजार,स्याङ्जाका २ स्थानीयतहलाई मात्र

२०८० असार २८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 10 मिनेट

काठमाडौँ, २८ असार । बिदेशमा आर्जन गरेको लगानी र सिप स्वदेशमै लगानी गर्ने वातावरण सिर्जना गर्न आर्थिक बर्ष २०७९÷८० मा सरकारले जारी गरेको पुन एकीकरण निर्देशिकाले गति लिन थालेको छ ।

बिदेशबाट फर्किएका नागरिकलाई नेपालमै स्थापित गर्न प्रतिव्यक्ति तालिमको लागि ८ हजार र व्यावसाय संचालनको लागि ३५ हजार गरि जम्मा प्रतिव्यक्ति ४३ हजार प्रदान गर्नेगरि कार्यक्रम संचालन भएको छ । कार्यक्रममा हाल ८१ वटा स्थानितहबाट ३ हजार २ सय ६० जना तालिममा सहभागी भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । नेपाल सरकारले बोर्ड मार्फत प्रतिव्यक्ति ४३ हजार उपलब्ध गराउने भएपनि कार्यक्रम संचालन भएको स्थानीयतहले कम्तीमा २० प्रतिशत लगानी गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । बोर्डका सूचना अधिकारी राजन पौडेलले भन्नुभयाे “बोर्डले प्रतिव्यक्ति ४३ हजारका दरले पैसा उपलब्ध गराउछ र त्यसको कम्तीमा २० प्रतिशत कार्यक्रम संचालन भएको स्थानीयतहले लगानी गर्नुपर्ने हुन्छ ।” हामीले दिने रकमले ठूलो ब्यबसाय संचालन गर्न नसकेपनी स्थानीयतहको समन्वय रह्यो भने नागरिक उद्धमी बन्न यो कार्यक्रम प्रभावकारी हुने उहाँको धारणा थियो । भौगोलिक, विकसित लगायतका हिसाबले बिदेशमा सिकेको सीप ठ्याक्कै नेपाल लागु गर्न नसकेपनी स्थानीय तहको मागको आधारमा कार्यक्रम संचालन गरिएको उहाँको धारणा थियो ।

नेपालमै उपलब्ध कच्चापदार्थ अर्थात् स्वदेशमै खपत हुने उत्पदनमुलक कार्यक्रमलाई बढी प्राथमिकता दिइएको सूचना अधिकारी पौडेलको भनाइ छ । स्थानीयतहले कार्यक्रम माग गर्दा स्वदेशमै उपलब्ध हुने कच्चापदार्थ र खपत हुने सामाग्रीलाई बढी प्राथमिकता दिएको उहाँले बताउनुभयाे । पौडेलले भन्नुभयाे “उदाहरणका लागि कार्यक्रमको प्रस्ताव तयार गर्दा एउटा स्थानीय तहले इलेक्ट्रिकल तालिम संचालक गर्ने कार्यक्रम माग गर्यो र अर्को स्थानीय तहले नेपालमै उपलब्ध हुने बासबाट विभिन्न सामग्री बनाउने कार्यक्रम माग गर्यो भने हाम्रो पहिलो प्राथमिकता बासबाट विभिन्न सामाग्री बनाउनेलाई हुनेछ ।” बिदेशको ठ्याक्कै सीप स्थानीयतहबाट कार्यनयन हुन नसकेपनी स्थानीय उत्पादनलाई प्राथमिकता दिने गरि कार्यक्रम संचालन भएको उहाँको धारणा थियो । यदि बिदेशीमा सिकेको सीप अनुसारको कार्यक्रम स्थानीयतहमा संचालन हुन सकेन भनेपछि त्यस्ता नागरिकलाई विभागले सिधै तालिम उपलब्ध गएर सहजीकरण गर्ने समेत उहाँले उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे “यदि तपाईंले बिदेशमा सिकेको सीप नेपालमै लगानी गर्न चाहनुहुन्छ र तपाईंको सीप अनुसारको तालीम स्थानीयतहमा संचालन भएन भने सिधै बोर्ड आउनुस हामी त्यहीँ अनुसारको तालिमको प्रबन्ध मिलाउछौ ।”

अघिल्लो आर्थिक बर्ष बाट मात्रै कार्यक्रम सुरु भएको हुँदा यस बर्ष कार्यक्रम संचालन अलि ढिलाइ भएको र आगामी बर्षदेखि यस्तो ढिला गरि कार्यक्रम नहुने पौडेलको भनाइ छ । उहाँले भन्नुभयाे “२०७९÷८० मा कार्यक्रम आयो यसको कार्यविधि बनाउदा पौष लाग्यो र स्थानीय तहसंग समन्वय गर्दा फागुन लाग्यो, सम्झौता लगायतका प्रक्रिया सकिदा समय लाग्यो त्यसैले यो बर्ष कार्यक्रम संचालन गर्दा बैशाख लाग्यो ।” ब्यक्ति नदोहोरिने गरि प्रत्येक बर्ष कार्यक्रम संचालन हुने हुँदा बिदेशबाट फर्किएका सबै नागरिकलाई यो कार्यक्रमले समावेश गर्ने उहाँको धारणा छ ।

बिदेशमा मृत्यु भएका घर परिवारलाई राज्यले ठुलो रकम उपलब्ध गराउने गरेपनि मृत्यु नहुनेको हकमा खासै कार्यक्रम संचालन हुन नसकेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिहं भण्डारीको भनाइ छ । उहाँले भन्नुभयाे “बिदेशमा मृत्यु भएर फर्किए मात्रै राज्यले चिन्ने र जिउँदै फर्किएकाहरुलाई राज्यले चिन्ने ?” उहाँको उल्टै प्रश्न थियो । त्यसैले पनि बिदेशबाट फर्किएकालाई लक्षित गरी स्वदेशमै रोजगारी सिर्जना हुने खालका कार्यक्रम अझै प्रभावकारी ढंगले संचालन हुनुपर्ने मन्त्री भण्डारीको जोड थियो ।

वैदेशिक रोजगारीबाट फर्केका ब्याक्तीले रोजगारीको क्रममा आर्जन गरेको पुजी, सिप, प्रबिधि र अनुभव नेपालमा नै उद्यमशीलताको विकास तथा सीपको प्रबद्र्धनमा उपयोग गराई सामाजिक तथा आर्थिक पुन एकीकरण गर्ने उदेश्य अनुरुप २०७९ ÷ ३÷२१ गते नेपाल सरकारको मन्त्री परिषदको निर्णय बाट जारी भएको पुन एकीकरण निर्देशिका यहीँ बैशाख देखि ८१ वटा स्थानीय तहमा लागू भएको वैदेशिक रोजगार बोर्डमा कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे “हाम्रा नागरिकले बिदेशमा आर्जन गरेको पुजी सीप एवम् अनुभवलाई स्वदेशमै लगाउने गरि सरकारले अगाडि सारेको पुन एकीकरण निर्देशिका यहीँ बैशाख देखी ८१ वटा स्थानीय तहमा संचालन भएको छ ।” आफ्ना नागरिकले बिदेशमा आर्जन गरेको सीप र पैसा स्वदेशमै लगानी गर्ने वातावरण सिर्जना गरी पुनः बिदेश पलायन हुन नपरोस् भन्ने उदेश्य अनुरुप पुन एकीकरण निर्देशिका जारी भएको उहाँको भनाइ थियो ।

“नयाँ कार्यक्रम भएको हुँदा धेरै स्थानीयतहलाई यो बिसयमा जानकारी पनि नभएर होला । हामीले पत्रपत्रिका मार्फत कार्यक्रम संचालन गर्न आह्वान गरेको निवेदनमा जम्मा ८५ वटा मात्रै स्थानीय तहले निवेदन दर्ता गराउनु भएको थियो” उप्रेतीको भनाइ थियो । प्रत्येक स्थानीय तहमा कार्यक्रम संचालन गर्न आह्वान गरिएपनी निवेदन परेका स्थानिय तहबाट हाल ८१ वटामा मात्रै कार्यक्रम संचालन भएको उहाँले जानकारी दिनुभयाे । उहाँले अगाडि थप्नुभयाे “कोहि पनि बिदेश बाट फर्किन चाहनुहुन्छ भने आफ्नो स्थानीय तहमा सम्पर्क गर्नुहोस् । यदि स्थानीय तहले तपाईंको सीप र क्षमताको उपयोग गर्न सकेन भने हामीलाई सम्पर्क गर्नुहोस्” बिदेश बाट फर्किनेहरुलाई सिधै सम्पर्क गर्न सम्भव नभएको हुँदा स्थानीय सरकार मार्फत कार्यक्रम संचालन गरिएको उनको तर्क थियो । बिदेशबाट फर्किएपछि के गर्ने भन्ने दोधारमा परेका नागरिकलाई यहीँ स्थापित गर्न यो निर्देशिका उपयोगी हुने उहाँकाे तर्फ थियो ।

वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई स्थानीय तहले पुन एकीकरण कार्यक्रम संचालन गर्न आवश्यक ठानेमा वैदेशिक रोजगार बोर्ड मार्फत कार्यक्रम संचालन गर्न सक्ने निर्देशिकामा उल्लेख गरिएको छ । स्थानीय तहमा उपप्रमुखको संयोजकमा कार्यक्रम संचालन गर्न सकिने निर्देशिकामा उल्लेख छ । निर्देशिकामा उल्लेख भए अनुरुप स्थानीयतहले आवश्यकता अनुसार कार्यक्रम संचालन गर्न सक्नेछ । विभाग अनुसार बिभिन्न स्थानियतहले बिभिन्न प्रकारका कार्यक्रम सन्चालन गरेका छन् । धरान उपमहानगरपालिकाले वैदेशिक रोजगारीबाट फर्केका ब्यक्तिहरुको लागि ४० जनामा पुन एकिकरण कार्यक्रम सन्चालन गरेको छ । फिदिम नगरपालिकाले ६० जनालाई बैदेशिक रोजगारिबाट फर्केका व्यक्तिहरुको सीप तथा क्षमता विकास कार्यक्रम सन्चालन गरेको छ । इलाम नगरपालिकाले ४० जनालाई क्षमता बिकास तथा उद्यमशिलता प्रवद्र्धन सम्बन्धी तालिम सन्चालन गरेको छ । षडानन्द नगरपालिकाले ४० जनालाइ वैदेशिक रोजगारिबाट फर्केका ब्यक्तिहरुको सीप तथा क्षमता विकास कार्यक्रम सन्चालन गरेको छ । रंगेली नगरपालिकाले २० जनालाई उद्यमशिलता, माछापालन ग्रिनहाउस र कुक सम्बन्धी तालिम सन्चालन गरेको छ । हलेसी तुवाचुङ नगरपालिकाले ४० मा सामाजिकिकरण, रोजगारमा आवद्ध तथा उद्यमशिलता प्रवद्धन कार्यक्रम सन्चालन गरेको छ । त्रियुगा नगरपालिकाले ६० जनालाई वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सिप तथा क्षमता बिकास कार्यक्रम सन्चालन गरको छ । मिक्लाजुङ गाउँपालिकाले ४० जनालाई स्वदेश बसौ आत्मनिर्भर बनौँ कार्यक्रम सन्चालन गरेको छ । फाल्गुनन्द गाउँपालिकाले ४० जनालाई आफ्नै स्थानीयतहमा उद्मम व्यवसाय गरी रोजगार तथा स्वरोजगारमा अवद्ध गर्ने कार्यक्रम सन्चालन गरको छ । हतुवागढी गाउँपालिकाले ४० जनालाई बैदेशिक रोजगारिबाट फर्केका व्यक्तिहरुको लागि पुन एकिकरण कार्यक्रम सन्चालन गरको छ । भोक्राहा नरसिंह गाउँपालिकाले ४० जना लाई बैदेशिक रोजगारिबाट फर्केका व्यक्तिहरुको सीप तथा क्षमता विकास कार्यक्रम सन्चालन गरको छ । केपिलासगढी गाउँपालिकाले ४० जनालाई बैदेशिक रोजगारिबाट फर्केका व्यक्तिहरुको सीप तथा क्षमता विकास कार्यक्रम सन्चालन गरेको छ । फालेलुङ गाउँपालिकाले २० जना लाई कृषि र पशुपालन कार्यक्रम सन्चालन गरेको छ । कलैया उपमहानगरपालिकाले ६० जनालाई वैदेशिक रोजगारिबाट फर्केका ब्यक्तिहरुका लागि पुन एकिकरण कार्यक्रम सञ्चालन गरेको छ । जितपुर सिमरा उपमहानगरपालिकाले ४० जनालाई दक्ष जनशक्ति उत्पादनका लागि आवश्यक उद्यमशिलता तालिमहरु सन्चालन गरेको छ । शम्भुनाथ नगरपालिकाले ४० जनालाई वैदेशिक रोजगारिबाट फर्केका ब्यक्तिहरुका लागि पुन एकिकरण कार्यक्रम सञ्चालन गरेको छ । लाहान नगरपालिकाले ४० जनालाई पुन एकिकरण कार्यक्रम सञ्चालन गरेको छ । गणेशमान चारनाथ नगरपालिकाले ४० जनालाई बैदेशिक रोजगारिबाट फर्केका ब्यक्तिहरुका लागि पुन एकिकरण कार्यक्रम सन्चालन गरेको छ । शाहिदनगर नगरपालिकाले ४० जनालाई पुन एकिकरण कार्यक्रम सञ्चालन गरेको छ । गौशाला नगरपालिकाले ४० जनालाई वैदेशिक रोजगारिबाट फर्केका ब्यक्तिहरुका लागि पुन एकिकरण कार्यक्रम सञ्चालन गरेको छ । बर्दिबास नगरपालिकाले ४० जनालाई बैदेशिक रोजगारीबाट फर्केका ब्यक्तिहरुका लागि पुन एकिकरण कार्यक्रम सन्चालन गरेको छ । बरथहवा नगरपालिकाले ४० जनालाई बैदेशिक रोजगारीबाट फर्केका ब्यक्तिहरुका लागि पुन एकिकरण कार्यक्रम सन्चालन गरेको छ । गौर नगरपालिकाले ४० जनालाई पुन एकिकरण कार्यक्रम सञ्चालन गरेको छ । चन्द्रपुर नगरपालिकाले ४० जनालाई तथ्यांक संकलन, क्षमता विकास र उद्यमशिलता प्रवद्र्धन गर्ने कार्यक्रम सन्चालन गरेको छ । पर्सागढी नगरपालिकाले ४० जनालाई वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनएकिकरण कार्यक्रम सन्चालन गरेको छ । बारागढी गाउँपालिकाले ४० जना लाई सिपमुलक तालिम, रोजगारिमा आवद्धहुने कार्यक्रम र उद्यमशिलता प्रवद्र्धन गर्ने कार्यक्रम गरेको सन्चालन गरेको छ । सकुवाप्रसौनी गाउँपालिकाले ४० जनालाई बैदेशिक रोजगारीबाट फर्केका ब्यक्तिहरुका लागि पुन एकिकरण कार्यक्रम सन्चान गरेको छ ।

त्यस्तै ठोरी गाउँपालिकाले ४० जनालाई सिलाईकटाइ बेमोसमी तरकारी खेती र अचार बनाउने तालिम सन्चालन गरेको छ । धनौजी गाउँपालिकाले ४० जनालाई बैदेशिक रोजगारीबाट फर्केका ब्यक्तिहरुका लागि पुन एकिकरण कार्यक्रम सन्चालन गरेको छ । भरतपुर महानगरपालिकाले ४० जनालाई सामाजिकिकरण, रोजगारमा आवद्ध तथा उद्यमशिलता प्रवद्धन कार्यक्रम सन्चालन गरेको छ । हेटौडा उपमहानगरपालिकाले ४० जनालाई उद्यमशिलता प्रवद्धन हुने बिभिन्न कार्यक्रमहरु सन्चालन गरेको छ । कमलामाई नगरपालिकाले ४० जनालाई बैदेशिक रोजगारिबाट फर्केका ब्यक्तिहरुका लागि पुन एकिकरण कार्यक्रम सन्चालन गरेको छ । मन्थली नगरपालिकाले ४० जनालाई कार्पेन्ट्री, इलेक्ट्रिसियन र प्लम्बिङ तालिम सन्चालन गरेको छ । बाह्रबिसे नगरपालिकाले ४० जनालाई प्लम्विङ र ब्युटिपार्लर तालिम सन्चालन गरेको छ । धुनिबेसी नगरपालिकाले ४० जनालाई पोल्ट्री फर्मरआधुनिक कृषि व्यवसाय र सवारी चालक तालिम सन्चालन गरेको छ । निलकण्ठ नगरपालिकाले ४० जनालाई विभिन्न ब्यवसायीक तालिमहरु सन्चालन गरेको छ । बिदुर नगरपालिकाले ४० जनालाई कृषि तथा पशुजन्य वस्तु उत्पादन सम्बन्धी तालिम सन्चालन गरेको छ । बेलकोटगडी नगरपालिकाले ६० जनलाई गुडिया मुडा तथा ब्युटिपार्लर सम्बन्धि कार्यक्रम सन्चालन गरेको छ । थाहा नगरपालिकाले ४० जनालाई सामाजिकिकरण, रोजगारमा आवद्ध तथा उद्यमशिलता प्रवद्धन कार्यक्रम सन्चाल गरेको छ । तिन पाटन गाउँपालिकाले २० जनालाई सामाजिकिकरण, रोजगारमा आवद्ध तथा उद्यमशिलता प्रवद्धन कार्यक्रम सन्चालन गरेको छ । हरिहरपुरगढी गाउँपालिकाले २० जनालाई सामाजिकिकरण, रोजगारमा आवद्ध तथा उद्यमशिलता प्रवद्धन कार्यक्रम सन्चालन गरेको छ । सुनापति गाउँपालिकाले ४० जनालाई वैदेशिक रोजगारिबाट फर्केका ब्यक्तिहरुको पुन एकिकरण कार्यक्रम सन्चालन गरेको छ । हेलम्बु गाउँपालिकाले २० जनालाई ब्यवसायीक खेती तथा प्रविधी कार्यक्रम, सिपमुलक तालिम सन्चालन गरेको छ । गंगाजमुना गाउँपालिकाले ४० जनालाई कृषि प्राविधिक उत्पादन, प्लम्बर÷हाउसवाइरिङ÷पेन्टिङ÷नाई÷ड्राईभिङ÷कुकिङ÷तरकारी तथा फलफुल खेती कार्यक्रम सन्चालन गरेको छ । थाक्रे गाउँपालिकाले ६० जनालाई सामाजिकिकरण, रोजगारमा आवद्ध तथा उद्यमशिलता प्रवद्धन कार्यक्रम सन्चालन गरेको छ । लिखु गाउँपालिकाले ६० जनालाई कृषि तथा पशुपालन,मनोपरामर्श,कृषि यान्त्रीकिकरण, गुडिया,मुडा र ब्युटिपार्लर कार्यक्रम सञ्चालन गरेको छ । बकैया गाउँपालिकाले ६० जनालाई उद्यमशिलता प्रवद्धन हुने बिभिन्न कार्यक्रमहरु सन्चालन गरेको छ । मनहरी गाउँपालिकाले २० जनालाई पुँजी तथा प्रविधी हस्तान्नरण सहित सिप विकास कार्यक्रम सन्चाल गरेको छ । इच्छाकामना गाउँपालिकाले ४० जनालाई वैदेशिक रोजगारिबाट फर्केका ब्यक्तिहरुको पुन एकिकरण कार्यक्रम सन्चालन गरेको छ । गैंडाकोट नगरपालिकाले ४० जनालाई रोजगारिमा आवद्ध हुने कार्यक्रम, उद्ययमशिलता प्रवद्र्धन हुने कार्यक्रम र सामाजिकिकरण कार्यक्रम सन्चालन गरेको छ । मध्यबिन्दु नगरपालिकाले ४० जनालाई बैदेशिक रोजगारिबाट आर्जन गरेको सिप अनुभव र जाँगरको उपयोगिताको निम्ती पुनस्र्थापना कार्यक्रम सन्चालन गरेको छ ।

त्यस्तै पुतलीबजार नगरपालिकाले ४० जनालाई उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सन्चालन गरेको छ । भिमाद नगरपालिकाले ४० जनालाई वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनएकिकरण कार्यक्रम सन्चालन गरेको छ । शुक्लागण्डकी नगरपालिकाले ४० जनालाई उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सन्चालन गरेको छ । गोरखा नगरपालिकाले ४० जनालाई सामाजिक पुन एकिकरण कार्यक्रम सन्चालन गरेको छ । गल्कोट नगरपालिकाले ४० जनालाई बैदेशिक रोजगारिबाट फर्केका व्यक्तिहरुका लागि उद्यमशिलता विकास र दिगो आयआर्जन कार्यक्रम सन्चालन गरेको छ । जैमिनी नगरपालिकाले ४० जनालाई पुन एकिकरण कार्यक्रम सन्चालन गरेको छ । आँधिखोला गाउँपालिकाले ४० जनालाई वैदेशिक रोजगारिबाट फर्केका ब्यक्तिहरुको लागि उद्यमशिलता कार्यक्रम सन्चालन गरेको छ । देवघाट गाउँपालिकाले ४० जनालाई उध्यमशीलता प्रवद्र्धन हुने बिभिन्न कार्यक्रमहरु सन्चालन गरेको छ । शहिद लखन गाउँपालिकाले ४० जनालाई सामाजिक पुन एकिकरण तथा उद्यमशिलता विकास कार्यक्रम सन्चालन गरेको छ । व्यास नगरपालिकाले ४० जनालाई पुनएकीकरण कार्यक्रम सन्चालन गरेको छ । बन्दिपुर गाउँपालिकाले ४० जनालाई बिउपुजी र प्रविधि हस्तान्तरण कार्यक्रम सन्चालन गरेको छ । बारपाक सुलिकोट गाउँपालिकाले ४० जनालाई सामाजिक पुन एकिकरण तथा उद्यमशिलता विकास कार्यक्रम सन्चालन गरेको छ । बुटवल उपमहानगरपालिकाले ४० जनालाई विउपुँजी अनुदान कार्यक्रम, तालिम कार्यक्रम र रिटर्नी संग अन्तक्र्रिया तथा छलफल कार्यक्रम सन्चालन गरेको छ । रामग्राम नगरपालिकाले ४० जनालाई बैदेशिक रोजगारी बाट फर्केका ब्यक्तिलाई पुन एकिकरण कार्यक्रम सन्चालन गरेको छ । प्रतापपुर गाउँपालिकाले ४० जनालाई वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनएकिकरण कार्यक्रम सन्चालन गरेको छ । सुनवल नगरपालिकाले ४० जनालाई बैदेशिक रोजगारी बाट फर्केका ब्यक्तिलाई पुन एकिकरण कार्यक्रम सन्चालन गरेको छ । सिद्धार्थनगर नगरपालिकाले २० जनालाई फास्टफुट बनाउने तालिम तथा व्यवसाय सञ्चालन गर्ने कार्यक्रम सन्चालन गरेको छ । कञ्चन गाउँपालिकाले ६० जनालाई वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनएकिकरण कार्यक्रम सन्चालन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले ४० जनालाई वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनएकिकरण कार्यक्रम सन्चालन गरेको छ । तिलोत्तमा नगरपालिकाले ४० जनालाई वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनएकिकरण कार्यक्रम सन्चालन गरेको छ । रोल्पा नगरपालिकाले ४० जनालाई ब्यवसायीक तरकारी खेती, बाख्रा पालन, सैलुन ब्यवसाय, मोटरसाइकल मर्मत, मोवाइल मर्मत सम्बन्धी तालिम सन्चालन गरेको छ । परिवर्तन गाउँपालिकाले ४० जनालाई बैदेशिक रोजगारी बाट फर्केका ब्यक्तिलाई पुन एकिकरण कार्यक्रम सन्चालन गरेको छ । रुन्टीगढी गाउँपालिकाले ४० जनालाई वेल्डिङ, फर्निचर, प्लम्बर, गार्मेन्ट र इलेक्ट्रोनिक्स सम्बन्धी तालिम सन्चालन गरेको छ । सुनिल,स्मृति गाउँपालिकाले ६० जनालाई वैदेशिक रोजगारबाट आर्जित सीपको एकिकरण, पुँजिकरण र उद्यमीकरण कार्यक्रम सन्चालन गरेको छ । खजुरा गाउँपालिकाले ६० जनालाई वैदेशिक रोजगारिबाट फर्केका व्यक्तिको लागि पुन एकिकरण कार्यक्रम सन्चालन गरेको छ । धनगडी उपमहानगरपालिकाले ४० जनालाई वैदेशिक रोजगारिबाट फर्केका व्यक्तिको लागि पुन एकिकरण कार्यक्रम सन्चालन गरेको छ । घोंडाघोडी नगरपालिकाले २० जनालाई व्यवसायिक बाख्रापालन हातेट्याकटर मर्मत र व्यवसायिक माछापालन कार्यक्रम सन्चालन गरेको छ । टिकापुर नगरपालिकाले ४० जनालाई तरकारी पकेट खेती,कुक सम्बन्धी तालिम,हलुका सवारी चालक सम्बन्धि तालिम,प्लम्बिङ सम्बन्धि तालिम,ईलेक्टिसियन सम्बन्धि तालिम सन्चालन गरेको छ । जानकी गाउँपालिकाले २० जनालाई पुन एकिकरण कार्यक्रम सन्चालन गरेको छ । दुधौली नगरपालिकाले ४० जनालाई वैदेशिक रोजगारीबाट फर्केका ब्यक्तिहरुको लागि पुन एकिकरण कार्यक्रम सन्चालन गरेको छ ।

वैदेशिक रोजगारी बाट विभिन्न कारणले स्वदेश फर्किएका नागरिकलाई पुन स्थापित गर्न केही स्थानीयतहमा मात्रै संचालन भएको कार्यक्रमलाई सबै स्थानीय तहमा पुर्याउनुपर्ने धारणा छ रिटनी फेडेरेसन नेपालका निवर्तमान अध्यक्ष चन्द्रबहादुर रोकाहाको । बिदेशबाट फर्किएका नागरिकको हकमा सरकारले केही गर्न खोजेपनी यो कार्यक्रमले मात्रै पुरा नहुने उहाँको धारणा थियो । उहाँले भन्नुभयाे “वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई नेपालमै पुनः स्थापित गराउन यो कार्यक्रम मात्रैले पुग्दैन । तर कार्यक्रमले केही टेवा भने पुग्ने देखिन्छ ।” बिदेश बाट केही लगानी गरौं भन्ने योजनाका साथ नेपाल आएको युवा खुल्ला सिमानाको चपेटामा नराम्ररी फस्दा पुनः बिदेशी हुन बाध्य भएका धेरै उदाहरण देख्ने गरेको उहाँको धारण थियो । उहाँले उदाहरण दिदै भन्नुभयाे “अहिले कुखुराको मासु र अन्डामा देश आत्मनिर्भर बनेको छ । तर खुल्ला सिमानाका कारण किसानले भारतिय बजारसंग प्रतिस्पर्धा गर्नु परेको छ ।” बिदेश बाट केहि गर्छु भनेर नेपाल आएको युवा अदृश्य शक्तिका कारण असफल हुने गरेको समेत उहाँको भनाइ थियो । व्यावसायी सिपको ज्ञान नहुनु पनि असफलताको एउटा कडी भएको उहाँको धारणा छ । नेपालीलाई उद्यशिलता बनाउन बिधालय स्तरबाटै उद्यशिलता शिक्षा आवश्यक भएको भन्दै यस्ता कार्यक्रम केही प्रारम्भिक सिकाइ मात्रै हुने रोकाहाको बुझाइ छ । वैदेशिक रोजगारीमा लामो समय बिताएका रोकाहा गैर आवासीय नेपाली संघ (एनआरएन) मा लामो समय विभिन्न ओहोदामा रहेर काम गर्दै हाल नेपालमा ब्यबसाय संगै सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

सिंहदरबार भित्रै पनि कोडिनेशनको अभावका कारण लामो समय पछि कार्यनयनमा आएको पुन एकीकरण निर्देशिका जनचाहना पुरा गर्न खालको नभएको रिटिनी माइग्रेसन नेपालका निवर्तमान अध्यक्ष उत्तम अधिकारीको भनाइ छ । बिदेश बाट फर्किएका सबै आस्था र बिचार समुह लाई एउटै मालामा गास्ने उदेश्य अनुरुप संचालन भएको सस्थाका निवर्तमान अध्यक्ष अधिकारीले भन्नुभयाे “यो निर्देशिका तयार गर्न गरिएका प्राय कार्यक्रममा मेरो पनि सहभागिता छ । सबै कार्यक्रममा सहभागिता भएपनि दस्तावेज तयार पार्ने टिममा म मात्रै होइन लक्षित समुहका कसैको पनि सहभागिता भएन ।” वैदेशिक रोजगारीबाट फर्किएका नागरिकले परिमाण खोज्ने हुँदा परिणाम दिने खालको निर्देशिका तयार हुन नसकेको अधिकारीको धारणा थियो । नेपालमा बन्ने हरेक नितिमा लक्षित समुहको सहभागिता नहुदा कार्यनयनमा समेत कठिनाइ हुने गरेको उहाँको धारणा थियो । वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको तथ्यांक समेत नहुनु राज्यको लागि दुख कुरा भएको भन्दै कुनै पनि क्षेत्रको नीति बनाउदा उक्त क्षेत्रका लक्षित समुहको सहभागिता अनिवार्य हुनुपर्ने उहाँको भनाइ छ । बिदेश बाट केही गर्छु भनेर आएको नागरिकले संचालन गरेका उद्योगमा बिजुली छुट, उद्योग दर्तामा छुट, केही महिना कर छुट गर्न सकेपनि बिदेशबाट फर्किएका नागरिक पुन स्थापित हुनसक्ने उहाँको धारणा थियो । पुन एकीकरण निर्देशिकाले वैदेशिक रोजगारीबाट फर्किएकाको सबै माग सम्बोधन गर्न नसकेपनी केही सुरुवात गरे अधिकारीको निष्कर्ष थियो ।

बिदेशमा सिकेको सिपलाई समुन्नत राष्ट्र निर्माणमा प्रयोग गर्न ढिला गर्न नहुने नेकपा माओवादी केन्द्र निकटको सस्था अखिल नेपाल प्रवासी श्रमिक मञ्चका महासचिव तेज प्रसाद सुवेदीको छ । वैदेशिक रोजगारीमा रहेका र वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको हितको लागि स्थापना भएको सस्थाले बिदेशबाट फर्किएका नागरिकको हितमा सरकारसंग सहकार्य गरेको सुवेदीले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे “वैदेशिक रोजगारीमा रहेका र फर्केका नागरिकको बिसयमा सरकारलाई पटकपटक सुझाव पेस गरेका छौं । आशा छ अब सरकारले केही सम्बोधन गर्नेछ ।”

वैदेशिक रोजगारीबाट फर्केका नागरिक लक्षित सरकारले गरेको कार्यक्रम निकै प्रभावकारी भएको नेपालगन्ज उप महानगर पालिकाका लालबहादुर बुढाक्षेत्रीले बताउनुभयाे । तालिमले निकै ज्ञान प्राप्त भएको १५ बर्ष कतार बसेर फर्किएका क्षेत्री उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे “नेपालगन्ज उप महानगर पालिकाकाले सात दिन संचालन गरेको तालिममा सहभागी भैइयो । यो तालिम निकै उपयोगी लाग्यो ।” उप महानगर पालिका २० थपुवा घर भएका क्षेत्रीले भैंसी फाम संचालन गर्दै आएको उल्लेख गर्दै उक्त ब्यबसायको लागि तालीम निकै प्रभावकारी भएको बतानुभयाे । तालिममा ब्यबसाय कसरी गर्ने, बचत कसरी लगायतका कुरा सिकाइएको हुँदा अब ब्यबसाय नयाँ ढंगबाट गर्ने समेत उहाँले बताउनुभयाे । त्यस्तै ५ बर्ष मलेसिया बसेर आएका नेपालगन्जकै शिवराज शर्माले पनि तालीम निकै उपयोगी भएको धारणा राख्नुभयाे । उहाँले भन्नुभयाे “वैदेशिक रोजगारीबाट फर्किएकालाई लक्षित गरेर ल्याएको कार्यक्रम निकै प्रभावकारी रहेछ ।” महानगरको सोही ७ दिने तालिममा सहभागी भएका शर्मा मलेसियामा सिकेको पोल्टि फमको सिपलाई नेपालमा ब्यबसायमा रुपान्तरण गरेको बताउनुभयाे । उहाँले भन्नुभयाे “मैले मलेसियामा पनि यहीँ कुखुरा ब्यबसाय सिकेको हु र यहाँ पनि यहीँ ब्यबसाय गरेको छु । मलाई यो तालिम निकै उपयोग भयो ।” वैदेशिक रोजगारीबाट फर्किएका नागरिक लक्षित सरकारले अगाडि सरेको यो कार्यक्रम पहिलोपटक भएको हुँदा कतिपय स्थानीय तह भने अलमलमा परेको समेत देखिन्छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार