पाल्पामा करेन्ट लागेर एकको मृत्यु

२०८० श्रावण ७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा ,७ साउन। पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं ३ झिरवास देउरालीका ४२ वर्षीय गोवीन्द बम्रेल रहेको प्रहरीले जनाएको छ ।

बम्रेलको शनिबार बेलुका आफ्नै घर नजिकको खेतमा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

मृत्युको घटनापछि इलाका प्रहरी कार्यालय मुझुङ्ग र जिल्ला प्रहरी कार्यालय पाल्पाको अनुसन्धान अधिकृतसहितको टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पाल्पा प्रहरीका सूचना अधिकारी भुपेन्द्र थापाका अनुसार शव पोष्टमार्टमका लागि पाल्पा अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय