एक क्वीन्टल सुन बरामद प्रकरण- विमानस्थल भन्सारका प्रमुख पोखरेल हटाइ, पाण्डेलाई जिम्मेवारी

२०८० श्रावण ९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,९ साउन। एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ ।

यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताउनुुभयो । आइतबार मात्रै राष्ट्रिय किताब खाना (निजामती) महानिर्देशकबाट भर्खरै अर्थमा सरुवा भएका पाण्डेलाई अर्थमन्त्री डा। प्रकाशशरण महतले भन्सार प्रमुखको जिम्मेवारी दिनुभएको हो ।

प्रमुखको जिम्मेवारीमा पोखरेल भएपनि उहा बिदामा रहनुुभएको थियो । उहाँ २ महिनादेखि छुट्टीमा हुनुहुुन्छ । पोखरेल बिदामा रहेकै बेला ३ साउनमा विमानस्थल पार गरेर करिब एक क्विन्टल सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय