डेंगु रोग नियन्त्रणका लागि सचेतना कार्यक्रम सम्पन्न

२०८० श्रावण ९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सावित्री अधिकारी
धादिङ,९ साउन । निलकण्ठ नगरपालिका धादिङमा डेङु रोग नियन्त्रण तथा रोकथामका लागि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला स्वास्थ्य कार्यलय धादिङको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम बोल्दै निलकण्ठ नगरपालिका प्रमुख भिम ढुङगानाले लामखुट्टे खोजेर नष्ट गर्ने अभियानमा स्थानीयबासिले सहयोग गर्नुपर्ने बताउनु भयो । धादिङमा डेङ्गु रोगका विरामीहरु अत्यधिक बढे संगै जनस्वास्थ्य कार्यलय धाडिङ्बेसी,नगरपालिका,नेपाल प्रहरी नेपाली सेना ,सशस्त्र प्रहरी जनप्रतिनिधि र स्थानियबासिको सक्रियतामा सचेतना कार्यक्रम अभियानको सुरुवात गरिएको हो ।

डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा ’खोजेर नष्ट गर’ अभियान थालिएको नगर प्रमुखले बताउनु भयो । डेंगु रोगबाट बचाउनका लागि धादिङबेसीका विभिन्न क्षेत्रमा सचेतनामूलक अभियान थालिएको जन स्वास्थ्य कार्यलय धादिङ्ले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय धादिङको पहलमा रोग नियन्त्रणका लागि विशेषज्ञ सहितको टोली स्थानीय टोल सुधार समिति, सुरक्षा निकाय र जनस्वास्थ्यका कर्मचारीहरु रहेका छन् ।

जिल्ला सदरमुकाम धादिङबेसीमा डेङ्गुको संक्रमणका विरामी फेला परेपछि खोजेर नष्ट गर अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले बताएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय