युएईमा एनआरएनएको २ वटा समिति,नेपालमा मुद्दा,अन्तिम नामावलीमा पनि हेरफेर

२०८० श्रावण १५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

काठमाडौँ, १५ साउन । फर्जी सदस्यता बितरण भएको, निर्वाचन समितिको मिलेमतोमा मतदाता नामावली प्रकाशन नगरेको, दावी बिरोधको मौका नदिएको, उम्मेद्वार उपर परेको दावी बिरोधको छानवीन नगरेको भन्दै गैर आवासिय नेपाली सॅघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) यूएईको अधिबेशन र निर्वाचन सम्बन्धमा पाटन उच्च अदालतमा मुद्दादायर भएपनि ३० जुलाईमा एनआरएनए युएईका छुट्टाछुट्टै २ वटा समिती गठन भएका छन् ।

लामो विवाद पछी हुन लागेको एनआरएनए एनसिसी युएईको अधिवेशन रोक्न परेको मुद्दामा पाटन उच्च अदालतले बिपक्षीको नाममा श्रावन १४ गते आईतबार (जुलाई ३० तारिक) १० बजे बिपक्षीलाई छलफलको लागि आउन भन्दै कारण देखाउ आदेश जारी गरेको थियो । आइतबार छलफल हुन नसकेपछि पुन छलफल हुने गरी अदालतले अर्को मिति तय गरेको छ ।

एनआरएनए आईसिसी, एनआरएनए एनसिसी यूएईका पूर्व अध्यक्ष ठाकूर प्रसाद ढॅुगाना,गैर आवसीय नेपाली संघ केन्द्रिय कार्यालय बालुवाटार काठमाडौं, गैर आवसीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद् , गैर आवसीय नेपाली संघ अध्यक्ष डा.बद्री के.सी, राष्ट्रिय समन्वय समिति निर्वाचन समिति, गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय समिति निर्वाचन समिति संयोजक रमेश श्रेष्ठ, गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय समिती निर्वाचन समिति सदस्य कृष्ण प्रसाद पौडेल, गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय समिति निर्वाचन समिति सदस्य सुदिप कार्की सहित १० जना उपर मुद्दा दायर भएकाे  थियाे ।

 

छुट्टाछुट्टै २ वटा समिति

बिकास शाहीकाे अध्यक्षमा एउटा समिति

युएईमा स्थानीय कानुन अनुसार दर्ता भएको युएईको राष्ट्रिय समन्वय समिति नेपाल एसोसिएसन (एनआरएनए) युएईको अध्यक्षमा बिकास शाही चुनिनुभएकाे छ ।

 

 

 

कार्यसमितिको नामावली निम्न प्रकार रहेको छ ।

दिपक खड्काआइसीसी सदस्य
खेमराज बस्नेतआइसीसी सदस्य
पुष्कर सापकोटाआइसीसी सदस्य
मणीप्रसाद भुर्तेलआइसीसी सदस्य
सुजन सापकोटाआइसीसी सदस्य
बिकास शाही अध्यक्ष
प्रकाश थापा उपाध्यक्ष
मनोज कुमार सैंजु उपाध्यक्ष
सोनम श्रेष्ठ उपाध्यक्ष
भीम मल्ल उपाध्यक्ष
फडिन्द्र ढकाल उपाध्यक्ष
शम्भु कुमार वाइबा उपाध्यक्ष
विष्णुलाल श्रेष्ठ उपाध्यक्ष
भुवन कुमार वाग्ले महासचिव
नवराज श्रेष्ठ सचिव
जीवन सिंह ठकुरी सचिव
बिनोद बस्नेत सचिव
अरुण अधिकारी सचिव
कुमार श्रेष्ठ सचिव
सुमन भण्डारी सचिव
गोविन्द पराजुली कोषाध्यक्ष
मञ्जु उचाईमहिला संयोजक
अपिल भट्टराईयुवा संयोजक
नवराज ढुंगानासह कोषाध्यक्ष
एलिना फुयाल केन्द्रीय सदस्य
योगिता हाडा केन्द्रीय सदस्य
गीता बिष्टकेन्द्रीय सदस्य
टेक राज पराजुली केन्द्रीय सदस्य
प्रेम बहादुर शाही केन्द्रीय सदस्य
लोकबहादुर श्रेष्ठ केन्द्रीय सदस्य
धर्मप्रसाद भट्टराई केन्द्रीय सदस्य
नबिन दोङ लामा केन्द्रीय सदस्य
मानबहादुर सुनार केन्द्रीय सदस्य
कमल कार्की केन्द्रीय सदस्य
सुर्यांश कुमार चौधरी केन्द्रीय सदस्य
दोर्ण राज ढकाल केन्द्रीय सदस्य
बिनोद रत्न तुलाधर केन्द्रीय सदस्य
कमल लामा केन्द्रीय सदस्य

 

पासाङ शेर्पा अध्यक्षमा अर्काे समिति 

तत्कालीन उपाध्यक्षको अध्यक्षतामा ३० जुलाईमै युएईमा अर्को समिती गठन भएको छ । कार्यसमितिको नामावली निम्न प्रकार रहेको छ ।

१. अध्यक्ष पासाङ शेर्पा
२. उपाध्यक्ष  जीवन दास
३. उपाध्यक्ष हरि मोक्तान
४. उपाध्यक्ष टि एन शर्मा
५. युवा उपाध्यक्ष थानेश्वर तिमिल्सिना (पाल्पाली प्रीन्स फैसल)
६. महिला उपाध्यक्ष सुमित्रा गहतराज
७. महासचिव ईश्वर श्रेष्ठ
८. सचिब बिक्रम तामाङ्ग
९. सचिब इन्द्र राज पौड्याल
१०.सचिब मुन्ना सम्सुल हक
११. कोषाध्यक्ष बिजय स्याङ्तान लामा
१२. सह कोषाध्यक्ष अनुप तामाङ
१३. युवा संयोजक अजय काफ्ले
१४. महिला संयोजक शर्मिला तामाङ
१५. प्रबक्ता संरक्षण के। सी।
१६. मनोज मास्के
१७. ओम प्रकाश साह
१८. सुरज अर्याल
१९. लक्ष्मी गुरुङ्ग
२०. निर्मला बि।क
२१. सोनाम गुरुङ्ग
२२. रमेश नेपाली
२३. सन्देस दास
२४. सहदेब खड्का

२५. बिनोद राई
२६. शर्मिला थपलिया
२७. हर्क लोप्चन
२८. मोहमद कमरुल आलम
२९. राधिका सुधाकर

 

अन्तिम नामावलीमा पनि हेरफेर

निर्वाचन समितीले २० जुलाईमा सार्वजनिक गरेको अन्तिम नामावली र निर्वाचित पदाधिकारी बीच फरक भेटिएको छ । २० जुलाईमा उम्मेदवारको अन्तिम नामावली भनेर प्रकाशित गरिएको सुचनाबाट कोषाध्यक्षको उम्मेदवार परिवर्तन गरिएको छ भने पुर्व सुचना अनुसारको कोषाध्यक्ष पदको उम्मेदवार लाई उपाध्यक्ष बनाई अर्को एउटा उपाध्यक्षमा बिष्णुलाल श्रेष्ठको नाम थपिएको छ, कोषाध्यक्ष पदमा पुर्व सुचनामा नामै नभएको गोविन्द पराजुलीलाई राखिएको छ । सचिव पदमा समेत पुर्व सुचनामा नभएको सुमन भन्डारीको नाम थप गरिएको देखिएको छ । सदस्य पदमा पुर्व सुचनामा नामै नभएका द्रोणराज ढकाल, विनोद रत्न तुलाधर र कमल लामाको नाम थप गरिएको छ । आईसिसि सदस्यमा समेत पुर्व सुचनामा नामै नभएको सुजन सापकोटाको नाम थपिएको छ भने निर्वाचन समितीको सदस्यहरुमा पनि पुर्व सुचनामा नामै नभएका कृष्ण प्रसाद गौतम र कृष्ण प्रसाद आचार्यको नाम थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार