स्याङ्जाको गल्याङमा मोटरसाइकल दुर्घटना ,चार घाइते

२०८० श्रावण १७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई

स्याङ्जा ,१७ साउन । स्याङ्जाको गल्याङ नगरपालिका ८ चिउरिमा मङ्गलबार राति ८ :५० बजे दुई मोटरसाइकल एक आपसमा ठोकिदा चार जना घाइते भएका छन ।

सिद्धार्थ राजमार्गमा बालिङबाट गल्याङ आउदै गरेको मोटरसाइकल प ०३-०२९ प २८८३ को मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको लु १४ प ५३८७ को मोटरसाइकल एक आपसमा ठोकिदा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जामा प्रहरी निरिक्षक पदम राज थापाले जानकारी दिनुभयो ।

थापामा अनुसार घाइते हुनेमा प०३-०२९ प २८८३ को मोटरसाइकल चालक गल्याङ न पा ११ बस्ने ३७ बर्षका पदम सिन्जालि घाइते भएका छन । सोहि मोटरसाइकलका पछाडि बसेका कास्की माछापुच्छ्रे गा पा ७ बस्ने सन्देश गुरुङ घाइते भएको छन । त्यस्तै गरि लु१४ प ५३८७ का मोटरसाइकल चालक बालिङ न पा ९ बस्ने २६ बर्षका बिशाल हिताङ घाइते भएका छन भने सोहि मोटरसाइकलको पछाडि बस्ने पर्सा विरगज महा नगरपालिका २ घण्टा घर बस्ने २० बर्षका भोला चौधरि घाइते भएका छन ।

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको छ।घाइतेको अवस्था सामान्य रहेको छ ।

मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय