स्याङ्जामा खुल्न लागेको ५ सयलाइ रोजगारी दिने उद्योग हेटौंडा सर्यो

२०८० भाद्र ६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

स्याङ्जा,६ भदौ । गल्याङ नगरपालिका १ राम्दीमा १ सय २५ रोपनी जग्गामा खुल्न लागेको उद्योगले बाटोको लागि जग्गा प्राप्त गर्न नसकेपछि हेटौंडा सरेको छ । सिद्धार्थ राजमार्ग देखी करिब सय मिटर पर रहेको जग्गामा जाने बाटोको लागि जग्गा प्राप्त हुन नसकेपछि उक्त उद्योग हेटौंडा सारिएको व्यावसायी खुमा अर्यालले बताउनु भएको छ ।

व्यवसायी अर्यालले गल्याङ नगरपालिका विकासको बाधक बनेको भन्दै सामाजिक संजालमा सार्वजनिक गरेपछि यो बिषय बाहिर आएको हो । स्याङ्जाको विकासका योगदान गर्ने उदेश्य अनुरुप जग्गा खरिद गरेर उद्योगको प्रक्रिया अगाडि बढाएपनी पालिका सकारात्मक नहुदा उद्योग खोल्न असमर्थ भएको आरोप लगाउनुभएकाे छ । सबै खर्च आफै गरेर बाटो लैजान्छु भन्दापनि बाटोको लागि जग्गा उपलब्ध गराउन नगरपालिकाले सहयाेग नगरेका कारण उक्त उद्योग हेटौंडा सारिएको उहाँले उल्लेख गर्नुभएको छ । ३ अर्बको लगानीमा करिब ५ सयलाई रोजगारी दिने गरि माघ सम्ममा हेटौंडाबाट उद्योग संचालनमा आउने उहाँले उल्लेख गर्नुभएको छ । पाँच वटा ठुला उद्योग संचालन गर्ने गरि खरिद भएको १ सय २५ रोपनी जग्गामा बाटो लैजान नपाएपछि एउटा उद्योग हेटौंडा सारिएको र अवस्था यस्तै रहे अन्य उद्योग पनि जिल्ला बाहिर जाने भन्दै स्थानीयतह, स्थानीयवासी, जिल्लावासी सबैलाई गम्भीर हुन आग्रह गर्नुभएको छ । हेर्ने कुरा डटकमसंग कुराकानी गर्दै अर्यालले भन्नुभयो “आफ्नै जन्म जिल्लामा केही गरौं भनेर यत्रो जग्गा किनियो तर आफ्नै खर्चमा बाटो लैजान्छु भन्दा पनि कहिकतैबाट सहयोग भएन ।” आफ्नै जिल्लामा केहि गरौं भनेर अगाडि बढ्दा बाटोमा आएको अबरोधका कारण सफल हुन नसकेको भन्दै यस्तै अवस्था रहे स्याङ्जाले लगानीको ठूलो अवसर गुमाउने उहाँको तर्फ थियो । स्थानीय सरकार अर्थात् गल्याङ नगरपालिकाको स्थापना भए लगतै थालिएको अभियानले सार्थकता पाउन नसकेपछि बाध्य भएर उद्योग अन्यत्र लैजानु परेको उहाँको तर्क छ ।

किन सर्यो स्याङ्जाको उद्योग हेटौंडा

गल्याङ नगरपालिका १ राम्दी बजार नजिकै आजभन्दा करिब ६ बर्ष पहिले उद्योग संचालनको लागी व्यवसायी खुमा अर्यालको ग्रुपले करिब १ सय २५ रोपनी जग्गा खरिद गर्‍यो । पाचवटा उद्योग संचालन गर्ने गरि अगाडि बढेको योजना मोटरबाटोका कारण बिचैमा रोकियो । सिद्धार्थ राजमार्ग देखि करिब एक सय मिटरको दुरिमा रहेको जग्गामा मोटरबाटो लैजान बीचमा सामुदायिक बन परेपछि बाटोको काम बिचैमा रोकियो ।

बाटोमा स्थानीय तहको सहयोग पाउने आशाले उद्योगको प्रक्रिया अगाडि बढेको उक्त ठाउँमा बाटो लैजाने जग्गा सामुदायिक बनको परेको कारण र तत्कालीन नगर प्रमुखले कुनै पहलकदमी योजना अगाडि नबढाएपछी योजना हेटौंडा सारिएको व्यवसायी खुमा अर्यालले जानकारी दिनुभएको छ । करिब १० करोडमा किनेको जग्गामा बाटो लैजान सामुदायिक बन प्रयोग गर्नुपर्ने हुन्छ । सामुदायिक बन हुँदै बाटो लैजाने भएपछि केही थान सालका रुख काट्नुपर्ने हुन्छ । यति ठुलो जोखिम मोलेर रुख काट्न र बाटो निर्माण गर्न कोहि तयार नभएपछि उद्योग हेटौंडा सरेको हो । उक्त स्थानमा बाटो लैजान सके अन्य उद्योग खोलिने अर्यालको भनाइ छ ।

 

छलफल अगाडि बढेको तर कागजी प्रक्रिया नै सुरु भएन : पुर्व वडा अध्यक्ष

गल्याङ नगरपालिका १ का पुर्व वडा अध्यक्ष गणेश बस्यालले उद्योगलागि छलफल अगाडि बढेपनी तत्कालीन अवस्थामा कुनै कागजी प्रक्रिया अगाडि नबढेको बताउनु भएको छ । उद्योग खोल्ने बिसयमा स्थानीय राम्दीवासी र लगानी कर्ता बीच अन्तरक्रिया पनि भएको र कुनै कागजी प्रक्रिया अगाडि नबढेको उहाँको भनाइ छ । उहाँले हेर्ने कुरा डटकमसंग कुराकानी गर्दै भन्नुभयो “तत्कालीन अवस्थामा उद्योग खोल्ने भनेर बहस पनि भएको हो । हामीले गर्नसक्ने सबै सहयोग गर्छौ पनि भनेको हो । कुरा चल्दाचल्दै कोरोना सुरुभयो त्यसपछि उहाँहरु आउनै छोड्नुभयो ।” छलफलका क्रममा वातावरणीय असर बारेमा ख्याल गर्नुपर्ने, रोजगारीको लागि स्थानीयलाई प्राथमिकता दिनुपर्ने लगायतका बिषय उठान भएको र ती बिसयमा उहाँहरुपनि सहमत भएको उहाँको भनाइ थियो ।

उद्योग खोल्न स्थानीयले कुनै अवरोध नरहेको र आगामी दिनमा पनि अवरोध नहुने पुर्व वडा अध्यक्ष बस्यालको भनाइ छ । तर वातावरणीय प्रभावलाई भने ध्यान दिनुपर्ने तर्क उहाँको छ । वनको बिसयमा भने वडाले सहजीकरण गर्न हिजो पनि तयार भएको र आजको दिनमा पनि तयार हुने भन्दै वडाबाट हुने कुनै काममा अबरोध नहुने उहाँको दाबी छ तर कानुनी प्रक्रियाको बिसयमा भने सम्बन्धित निकायले नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ । यस बिसयमा वडा र स्थानीयहरुलाइ दोष दिने कुनै ठाउँ नरहेको उहाँको भनाइ छ ।

अहिलेसम्म कुनै औपचारिक जानकारी छैन : नगरप्रमुख भट्टराई

गल्याङ नगरपालिका नगर प्रमुख गुरु प्रसाद भट्टराईले यस बिसयमा नगरलाई कुनै औपचारिक जानकारी नभएको बताउनु भएको छ । हेर्नेकुरा डटकमसंग कुराकानी गर्दै नगरप्रमुख भट्टराईले उद्योग संचालनको लागी बाटोको पहल गरिदिन भन्दै अहिलेसम्म कुनै पत्र, औपचारिक जानकारी, टेलिभिजन कहिँ कतैबाट जानकारी नभएको बताउनु भएको छ । गल्याङ नगरपालिकाले सहयोग गरेन भन्ने कुरा खुमा अर्यालको फेसबुक स्टाट्स बाट मात्रै थाहा भएको र यस बिसयमा नगरमा कुनै औपचारिक जानकारी नभएको उहाँको भनाइ थियो ।

 

 

वन कार्यलयलाई कुनै अधिकार छैन : हाेम बहादुर बल्छौडी

डिभिजन वन कार्यलय स्याङ्जाका प्रमुख डिभिजन वन अधिकृत होम बहादुर बल्छौडीले वनको जग्गा प्रयोग गरेर बाटो लैजान दिने अधिकारी जिल्ला वन कार्यलयलाई नरहेको बताउनुभएको छ । उहाँले यो बिषय संघीय मन्त्री परिषदले निर्णय गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो “यस्तो बिसयमा जिल्लाले निर्णय गर्न सक्दैन, यो त संघीय सरकारले निर्णय गरेपछि कार्यनयनको लागि हामीलाई पठाएपछि मात्रै हामीलाई थाहा हुन्छ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार