रोकिएन बिर्घाको ठुुलो पहिरो

२०८० भाद्र ७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,७ भदौ । १९९० को महाभुकम्प पछि स्याङजाको कालिगण्डकी गाउँपालिका वडा नं ४ कृमभन्ज्याङ बिर्घा मा भुक्ष्यका कारण बर्षेनी अत्याधिक ठुलो मात्रामा पहिरो जाने गरेको छ । जसका कारण वरीपरी रहेका खेतियोग्य जमिनमा समेत क्ष्यती पुर्याएको छ । बिस्तारै पहिरो गाउँतर्फ बढेका कारण गाउका १ सय पचास घरमा पनि क्ष्यती पुर्याउने संम्भावना बढेको छ ।

पहिरोको भौतिक अबस्था लाई अध्ययन गर्दा बर्षेनी ठुलो पहिरो गईरहने जानकारहरु बताउछन । प्रदेश तथा स्थानीय सरकारले रोकथामको लागी बर्षेनी लाखौ बजेट खर्च भईसकेको छ । तर पहिरो जान रोकिएको छैन ।

रोकथामका बिभिन्न प्रयास भएपनी कालिगण्डकी नदिको किनार देखिनै जमिन भासीने गरेका कारण माथील्लो भागमा पहिरो जाने गरेको कालिगण्डकी गाउपालिका वडा नं ४ का वडा अध्यक्ष यादव प्रसाद पाण्डेले जानकारी दिनुभयो । कमीरे तथा रातो माटो बढी हुँदा पानि पर्ना साथ माटो बगीरहने समस्या आएको छ । पहिरो रोकथामका लागी बिभिन्न बोटबिरुवा तथा घास लगाईएको भएपनी पहिरो भने नरोकिएको गाउपालिकाले जनाएको छ । कृषिवाटै जिबिका निर्वाह गरेका स्थानीयलाई पहिरोले खेतीयोग्य जमीन बगाएपछी चिन्तीत देखिएका छन । भएभरको खरवारी पहिरोमा परेपछी जोखिम मेालेर भएपनी पहिरो छेउ छाउमा घास काट्न बाध्य भएको स्थानीयले बताउछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार