पेट्रोलियम व्यावसायीको अर्को सस्था खुल्यो (भिडियाे सहित)

२०८० भाद्र २५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, २५ भदौ । पेट्रोलियम व्यवसायीहरुको नयाँ सस्था स्थापना भएको छ । पुरानो सस्था नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनमा आर्थिक अनियमितता भएको हुँदा नयाँ सस्था स्थापना गर्न बाध्य भएको भर्खर स्थापना भएको पेट्रोलियम व्यवसायी संघ नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र गुप्तले जानकारी दिनुभयो ।

पुरानो सस्थालाई पटकपटक सुधार गर्न पहल गरेपनि सुधार गर्न सफल नभएपछि नयाँ सस्था स्थापना गर्नुको विकल्प नभएको कार्यवाहक अध्यक्ष गुप्ताको भनाइ थियो । आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरि सस्था विधिवत दर्ता भएको जानकारी गराइएको थियो ।

कार्यक्रममा अध्यक्ष गुप्ताले पुरानो सस्थाले व्यवसायीको इन्स्योरेन्समा भ्रष्टाचार गरेको आरोप लगाउनु भएको छ । उहाँले भन्नुभयो “आर्थिक अनियमितता कुरा पटकपटक उठान गर्यौ तर हामीले उठाएको कुरा कहिल्यै सुनुवाइ भएन हामी बाध्य भएर सस्थामा भएको आर्थिक अनियमितताको भन्डाफोर गर्न गर्दै व्यवसायीको हकहितको लागि नयाँ सस्था खोल्न बाध्य भयौ ।” इन्स्योरेन्स गर्ने भनेर उठाइएको रकमले इन्स्योरेन्स नगरिदिदा व्यवसायीहरुले केही भएको खण्डमा क्षतिपूर्ति समेत पाउन नसकेको भन्दै यस्तो अन्याय गर्ने सस्थामा बसिरहनुको औचित्य नभएको उहाँहरुको धारणा थियो ।

देशभर पेट्रोलियम व्यवसायीहरु करिब १ हजार ४ सय ९६ रहेको र ती मध्य १ सय ३२ व्यवसायी मिलेर नयाँ सस्था स्थापना गरिएको पेट्रोलियम व्यवसायी संघ नेपालका महासचिव आत्माराम थापाले जानकारी दिनुभयो । सस्थालाई व्यवसायीहक हितको लागि देशभर अभियान चलाइने पनि उहाँले बताउनुभयो । सस्था स्थापना भएको औपचारिक जानकारी दिन पत्रकार सम्मेलन गरे लगत्तै अब देशभर अभियानमा लागिने उहाँको धारणा थियो ।

नयाँ स्थापना भएको सस्थाको केन्द्रिय कार्यसमिति अध्यक्षमा केदार प्रसाद पाठक, उपाध्यक्षमा राजेन्द्र गुप्ता, महासचिवमा आत्माराम थापा, सचिवमा प्रबिण नायभा श्रेष्ट, कोषाध्यक्षमा सिता के.सी, सदस्यहरुमा पुन्यराम बखाड्यो,उमेश वानीया, अनिश खत्री,अशोक गुरुङ रहनुभएकाे छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय