रास्वपाका २,कांग्रेसका २ र एमालेका १ गरी विदेशीसँग बिहे गर्ने ५ माननीयहरू (सुची सहित)

२०८० भाद्र २९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २९ भदौ । संघीय संसदका केही सांसदहरूले विदेशीसँग विवाह गरेका छन् ।

एमालेबाट समानुपातिक सांसद एकनाथ ढकालले फिलिपिनी नागरिक ब्लेसी गाडन ढकालसँग बिहे गरेका छन् । ढकाल दम्पतीबाट २ छोरी छन् ।

उदयपुर १ बाट निर्वाचित कांग्रेस सांसद नारायण खड्काले क्यानडेली नागरिक डा.इसाबेला वासियानासँग बिहे गरेका छन् । उनीहरूको एक छोरी छिन् ।

नवलपरासी पूर्वबाट निर्वाचित कांग्रेस सांसद एवं पूर्वमहामन्त्री शशांक कोइरालाले थाइल्यान्डकी नागरिक डा.सुफात्रा कोइरालासँग बिहे गरेका छन् । कोइराला दम्पतीका एक छोरी छन् ।

तनहुँ १ बाट निर्वाचित रास्वपा सांसद एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले भियतनामकी नागरिक सची वाग्लेसँग बिहे गरेका छन् । उनीहरूका एक छोरा छन् ।

काठमाडौं निवासी रास्वपाकी समानुपातिक सांसद सुमना श्रेष्ठले पोल्यान्डका नागरिक पावल लुकास स्काविन्स्कीसँग बिहे गरेकी छन् । पोल्यान्डको नागरिक भए पनि पावल बेलायतमा बस्छन् । उनीहरूको सन्तान छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार