स्याङजाका ४ प्रदेशमा २२६० मतदाता, १७२ उम्मेदवार

२०७८ मंसिर ३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङजा, ३ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेसनले यतीबेला देशभर तताएको छ । वडा र पालिका पछि हुन गएको तेस्रो चरणको प्रदेश अधिवेसन आज देशभर शुरु भएको छ । स्याङजाका ४ प्रदेशमा अहिले निर्वाचन प्रक्रिया शुरु भएको नेपाली काँग्रेस जिल्ला निर्वाचन समितिका सहायक निर्वाचन अधिकृत बावुराम सिग्देलले जानकारी दिए ।

१ सय ७७ जना उम्मेदवारले मनोनयन दर्ता गरेकोमा केहीले फिर्ता लिएपछि १ सय ७२ जना अहिले चुनावी प्रतिष्पर्धामा उत्रेका छन् ।निर्वाचन समिति स्याङजाका अनुसार ९६ जना प्रतिनिधिका लागि १ सय ७२ जना चुनावी प्रतिष्पर्धामा रहेको जनाएको छ ।

४ प्रदेशमा २ हजार २ सय ६० मतदाता रहेका छन् । समुह बनाएर स्याङजा काँग्रेसमा चुनावी प्रतिष्पर्धा भइरहेको छ । संस्थापन र संस्थापन इतरको समुहको कडा प्रतिष्पर्धा देखिएको छ । स्याङ्जा क्षेत्र नं. १ को (क) मा ४१, (ख) मा ३७ क्षेत्र नं. २ को (क) मा ४९ र (ख) मा ४५ जना उम्मेदवारले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार