कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि अधिकारीको उम्मेदवारी

२०७८ मंसिर ४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ४ मंसिर । कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि नेता तथा कानुन व्यवसायी दामोदर अधिकारीले उम्मेदवारी घोषणा गर्नुभएको छ।

समाजसेवी समेत रहेका नेता अधिकारीले कास्की क्षेत्र नं. २ बाट खुलाबाट  केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो । पार्टीलाई बलियो बनाउन र सक्षम नेतृत्वका लागि  उम्मेदवारी दिएको अधिकारीले बताउनुभयो।

उहाँले कांग्रेस पार्टीलाई व्यवस्थित बनाउँदै बहुमतसहितको पहिलो पार्टी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।  अधिकारीले अबको कांग्रेस विकास, समृद्धिसँगै सेवामा अग्रसर हुने पार्टी बन्नुपर्ने बताउनुभयो।

कास्कीमा रहेर कांग्रेसको राजनीतिमा सक्रिय अधिकारीले मतदाताबाट उचित मूल्याङ्कन, सहयोग र सुझावसहित मत प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार