स्याङ्जामा मासु धेरै खाएको निहुमा भिनाजुले कुट्दा सालाको मृत्यु

२०८० आश्विन २४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युबराज सुबेदी
स्याङ्जा ,२४ असोज । भीरकोट नगरपालिका–२ केगाँमा भिनाजुको कुटाइबाट घाइते सालाको मृत्यु भएको छ ।

७२ वर्षीय भिनाजु ठगबहादुर विकको कुटाइले ३ महिना पहिला घाइते भएका बिरुवा ७ सपौदेका ४५ वर्षीय मनबहादुर विकको मृत्यु भएको हो ।

मनबहादुर लामो समयबाट भिनाजुको घरमा काम गरेर बस्दै आएका थिए ।

गत असार २२ गते मासु धेरै खाएको भन्दै भिनाजुले काठको चिर्पटले टाउको लगायतका ठाउँमा हान्दा मनबहादुर गम्भीर घाइते भएका थिए ।

भिनाजुको कुटाइले घाइते सालाको आइतबार साँझ मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताउनुभयो ।

सालालाई कुटपिट गर्ने भिनाजुलाई ज्यान उद्योग मुद्दामा जिल्ला अदालतले गत साउन २२ गते पुर्पक्षका लागि जिल्ला कारागार चलान गरेको खनालले बताउनुभयो ।

घाइते साला पश्चिमाञ्चल अस्पताल पोखरा उपचारपश्चात् घर फर्के पनि घाउमा किरा परेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय